Sunday, March 7

१२ वर्षकी छोरीलाई आफ्नै बाबुले कर’णी गरेको छिमेकीले देखेपछि

July 19, 2020 370

काठमाडौं । झापामा आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक कर’णी गरेको आरोपमा बावु पक्राउ परेका छन् । आमाले अर्को विवाह गरेर गएको १२ वर्षकी छोरी बाबुवाटै पीडित भएकी थिइन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८ मा डेरा गरी वस्ने बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाबुको कु’कर्मका बारेमा छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरिदिएका थिए । बाबुको पञ्’जावाट उ’म्कन छोरी भा’गेर छिमेकीको घरमा शरण लिन पुगेकी थिइन् । छिमेकीले हरेक राती छोरी रुँ’दै करा’एको आफुहरुले सुन्ने गरेको भएपनि आफ्नै बाबुले छोरीलाई त्य’स्तो सम्म गरेको होला भन्ने अनुमान नगरेको बताएका छन् ।

भा’गेर गएकी बालिकाले बाबुले आफुमाथि कु’कर्म गरेको छिमेकीलाई सुनाएकी थिइन् । आरोपितले पटक – पटक नाबालिका छोरीलाई कर’णी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी कर’णी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई नि’यन्त्रण’मा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताए । १२ वर्षीया नाबालिका छोरीलाई कर’णी गरेको आरोपमा बावुलाई नि’यन्त्र’णमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो अर्को समाचार पहिरोपिडीतलाई खाली घरमा व्यवस्थापन
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितलाई खाली घरमा व्यवस्थापन गरिएको छ । असार २५ गतेको पहिरोबाट घरबास गुमाएका पीडितलाई बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँ र विदेशमा गएर खाली भएका घरमा व्यवस्थापन गरिएको हो । सामुदायिक भवन, विद्यालय र अस्थायी टहराको विकल्पमा घरधनीको सहमतिमा पहिरो पीडितलाई राखी घरमा राख्न थालिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए ।

“पहिरोलगत्तै किसानी मावि र मालिका आधारभूत विद्यालयको भवनमा पीडितलाई राखेका थियौँ”, उनले भने, “धेरैजसोलाई खाली भएका आफन्तका घरमा सारेका छाँै । बाँकी भएकालाई पनि राख्न घरको खोजी भइरहेको छ ।” बिमको दुले, नौरु, दुले, डाँडागाउँ र बाइन्दफाँटमा गएको पहिरोमा आठ जनाको ज्यान गएको थियो । पहिरोले बगाएर, भत्काएर र पु’रिएर ३५ घर पूर्णरूपमा क्षति पुगेको छ । पचास घर पहिरोको उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन् ।

उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँका आफन्तकोमा सारेका छन् । दिनमा घरमा गए पनि रातको समयमा उनीहरु त्यहाँ बस्दैनन् । बाइन्दफाँटका पाँच र तल्लोगाउँका तीन परिवारलाई व्यवस्थापन गर्न बाँकी छ । स्थायी आवासको बसोबास नहुँदासम्म खाली भएका घरमा व्यवस्थापन गर्ने नीति लिइएको हो । आर्थिक, सामाजिक, सुरक्षा र व्यवस्थापनका हिसाबले खाली घरमा बस्दा धेरै सहज हुने पहिरो पीुडितको भनाइ छ । स्थायी बसोबासका लागि जग्गाको खोजी गर्न पहल भएको छ । पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले समेत सघाउन आर्थिक सङ्कलन गरिरहेका छन् ।

पहिरोमा परेर श्रीमती र छोरीलाई गुमाएका दुलेका सोमनाथ शर्माको परिवार मङ्गला गाउँपालिकाको तोराखेतस्थित दाइको घरमा गएर किरिुया बसेका छन् । एलिशा केसीका अभिभावक पनि चुत्रेनीस्थित आफन्तकहाँ गएर किरिुया बसेका छन् । बिम तल्लोगाउँका एक परिवारमा भएका तीन जनाकै ज्यान गएको थियो । अर्को परिवारमा दुई जनालाई गुमाएका एक जना घाइते भएकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।

बिममा रहेका युवा क्लबले पहिरोका कारण अवरुद्ध भएको खानेपानी र घोरेटो बाटो मर्मत गरेका छन् । विद्यालयमा बसेको अवस्थामा आमा समूहले पहिरो पीडितलाई खाना खुवाउन सहयोग गरेका थिए । पहिरोमा बेप’त्ताको खोजी, उद्धार र राहत तथा पीडितको व्यवस्थापनमा समेत युवा क्लब र आमा समूहले सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई सघाएका थिए ।

बिम खारा हँदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने सडकअन्तर्गत दाङखोला र म्याग्दी नदीको दोभानस्थित बाधराजथानसम्म मर्मत भएको छ । त्यहाँ सडकको आधारसहित धेरै भाग क’टान भएकाले मर्मतमा चुनौती थपिएको छ । अवरुद्ध विद्युत् सेवालाई सञ्चालनका लागि समेत नेपाल विद्युत् प्राधिकरणसँग पहल भएको छ । सडक खुलाएर पहिरो पीडितलाई अस्थायी बसोबासका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान उपलब्ध गराउने योजना बनाएको वडाध्यक्ष जुग्जालीले बताए ।

प्रतिकृया दिनुहोस्