काठमाडौं । कोरोना पुष्टि भएकामध्ये केही संक्रमित भा’गेकाले कोरोनाको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा कोरोना पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्र’ण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्र’ण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’
संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
लकडाउन खुलेयता हालसम्म ३ हजार ९ सय ५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो चौबिस घण्टामा थप ८७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरस देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।
ताजा अपडेट
बैंककी कर्मचारीले वि’ ष सेवन गर्नुअघि ‘नोट’ मा यस्तो लेखेकी रहेछिन !
घरमाथिबाट आएको पहिरोले पुरिएर आमाछोराको ज्यान गयो, तल्लो तलामा सुतेका छोरीहरु भागेर बाच्न सफल
कोरोना संक्रमणका कारण २२ वर्षीय युवकको निधन
कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो ड्यामेज ,कोरोनाबाट निको हुने व्यक्ति पनि ठुलो ख’तरामा
खानामा किरा भेटिएको भन्दै आइसोलेसनका संक्रमितले स्वास्थ्यकर्मीलाई कु’टेपछी…
लोकप्रिय

© 2018 nipolnews.
प्रतिकृया दिनुहोस्