Thursday, May 13

खानामा किरा भेटिएको भन्दै आइसोलेसनका संक्रमितले स्वास्थ्यकर्मीलाई कु’टेपछी…

August 7, 2020 287

सप्तरी । खानामा किरा देखिएको भन्दै सप्तरीमा आइसोलेसनमा बसेका संक्रमितले स्वासथ्यकर्मीलाई कु’टेका छन् । साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तो’ड’फो’ड समेत गरेका छन् । सोही क्रममा संक्रमितहरुले आफूलाई कु’टेको गरेको भन्दै आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सेवा आइसोलेसन छोडेका छन् । त’नाव बढ्दै गएपछि अहिले आइसोलेशन स्थलमा सुरक्षाका लागि भिम दल गणबाट नेपाली सेनाको एक टोली परिचालन गरिएको छ ।

घटना बिबरण अनुसार बिहीबार बिहानको खाना खाँदै गर्दा एक संक्रमितको खानामा किरा देखिएको थियो । संक्रमितले किरा भएको खाना खान दिएको भन्दै खाना फ्या’केका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर दिएका थिए । तर, आ’क्रो’सित संक्रमितहरुले सो खाना पनि फ्या’क्नुका साथै भाडाकुडा, टेबुल, कुर्सी र टेन्ट तो’ड’फो’ड सुरु गरे । सम्झाउन पुगेका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथी समेत संक्रमितले आ’क्र’मण गर्न थालेपछि आइसोलेशनमा खटिएका सबै स्वास्थ्यकर्मी र कर्मचारी भा’गेर आफ्नो सम्पर्कमा आईपुगेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा। रन्जित झाले जानकारी दिएका छन् ।

यसअघि पनि केही संक्रमितले त्यहा खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथी दु’व्र्य’बहार गर्ने गरेको सुनाउँदै डा। झाले त्यस्ता उ’च्छृ’खंल कार्यमा संलग्न व्यक्तिलाई कारवाही तथा अन्यत्र नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मी काममा नफर्किने अडान लिएको बताए ।केही संक्रमितले चार दिन अघि पनि आइसोलेशन कक्षमा निगरानीका लागि जडान गरिएको १० मध्ये ३ वडा सिसि क्यामरा फु’टा’इदिएको बताउँदै उनले यस बारे प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जानकारी गराइसकिएको बताएका छन् ।

यसैबीच स्थानिय प्रशासनको पहलमा स्वास्थ्यकर्मीहरु आइसोलेशनमा फर्किएका छन् । हो-ह’ल्ला गर्ने व्यक्तिको उचित व्यवस्थापन गर्ने प्रशासनको प्रतिबद्धतापछि स्वास्थ्यकर्मीहरु काममा फर्केको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख झाले जानकारी दिएका छन् । यता सोही आइसोलेशनमा स्वास्थ्य सेवाका लागि खटिएका चार जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । डा। झाका अनुसार संक्रमितको उपचारमा सो आइसोलेशन वार्डमा खटेका चार जनाको बिहीबार प्राप्त पिसिआर परिक्षण रिपोर्टले कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । चारैजना स्वास्थ्यकर्मीलाई छुट्टै आइसोलेशन कक्षमा राखिएको उनले जानकारी दिए । राजधानी दैनिकवाट

प्रतिकृया दिनुहोस्