Sunday, July 25

काठमाडौँमा फेरी एक कोरोनाका बिरामीको मृत्यु, पाटन अस्पतालमा उपचारका क्रममा गयो ज्यान

August 7, 2020 325

काठमाडौं । नेपालमा कोरोनाबाट थप एकजना कोरोनाभाइरस संक्रमितको ज्यान गएको छ । पछिल्लो पटक ज्यान गुउमाने संक्रमितको पाटन अस्पतालमा उपचाररत क्रममा निधन भएको हो । ४५ वर्षीय कोरोना संक्रमित पुरुषमा मृतक मधुमेह र उच्च रक्तचापका समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

अस्पतालकाअनुसार मृतक पर्सास्थित वीरगञ्जका पुरुष हुन् । गत साउन साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएर पाटन अस्पताल ल्याए लगत्तै उपचारका क्रममा ज्यान गएको हो ।

त्यस्तै सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट नै ज्यान गएको छ । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनको गएराती धरानमा निधन भएको हो । तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको उपचारका क्रममा ज्यान गएको हो । मृतक युवकको दाह संस्कार नेपाली सेनाले गर्ने भएको छ ।ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ ।-

प्रतिकृया दिनुहोस्