Wednesday, April 21

दुखद खबर : नहरमा पौडी खेल्न गएका बालकको डुवेर निधन

August 7, 2020 987

धनगढी- कैलालीमा पौडी खेल्न गएका बालकको डुवेर निधन भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ गौडीमा नहरमा पौडी खेल्न गएका आठ वर्षिय आशिष रावतकोे डुवेर निधन भएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दिउँसो पौडी खेल्न गएका बालक नहरमा बेपत्ता भएका थिए। उनको शव बाङ्गेसाल भन्ने ठाउँमा फेला परेको हो।

शव पो’ष्टमा’र्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए। दिनेश खबर बाट

यो पनि , दशैंयता विद्यालय नखुल्ने – काठमाडौं, २२ साउन । दशैंयता विद्यालय तथा विश्वविद्यालय नखुल्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो ।

‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा. खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।’ उनले सकेसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरे ।

यसअघि सरकारले १ भदौबाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरेको थियो । भर्ना शुरु गर्ने निर्णयसँगै विद्यालयमा पठनपाठन हुनसक्ने भन्दै सक्रियता बढेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो धारणासँगै विद्यालय दशैंयता नखुल्ने निश्चितप्रायः भएको छ ।

प्रतिकृया दिनुहोस्