Wednesday, June 23

आचारसंहिता पालना गरेर मात्र अन्तरवार्ता लिन युट्युवरहरुलाई आग्रह

August 7, 2020 232

काठमाडौँ । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ ।
बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।

सङ्घले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ । बालगृह सञ्चालिका अधिकारीको बालगृहमा एक्कासी प्रवेश गरेर भाग्य न्यौपाने लगायतका युट्युवरहरुले लिएका अन्तरवार्ताको आलोचना भएका बेला अनलाइन टिभी पत्रकार सङ्घले यस्तो आव्हान गरेको हो । भाग्यले पुष्पासँग एउटै सोफामा अस्वभाविक देखिनेगरी सोधिएका ठाडा प्रश्नहरुको पनि सामाजिक संजाल तथा मिडियामा चर्को आलोचना भइरहेका बेला संघले उनीहरुलाई सचेत रहन समेत आग्रह गरेको छ ।

शान्त स्वभावमा अन्तरवार्ता लिने भाग्यले पुष्पासँग अन्तिमपटक लिएको अन्त्रवार्तामा प्रहरीले अभियुक्तसँगसँग हिरासतमा केरकार गर्दा देखाउने ब्यबहार प्रस्तुत गर्दा उनको शैली माथि नै प्रश्न उठेको छ । उनले आफ्नो पैसा फिर्ता लगेपनि पुष्पामाथी अनुसन्धान अधिकृतले जसरी केरकार गरेको विषयमा सामाजिक संजालका प्रयोगकर्ताले आपत्ति जनाएका छन् । भाग्य लगायतका युट्युवरहरुले अति नै राम्रा सामाजिक काम गरेको भएता पनि पुष्पा प्रकरणमा भने नमज्जाले चुकेका छन् । जुन भिडियोपछि उनको सामाजिक संजालमा एउटी महिलालाई गर्न नहुने ब्यहार भन्दै चर्को आलोचना गरिएको छ । हेर्नुहोस् भाग्यले पुष्पासँग लिएको विबादास्पद भिडियो

प्रतिकृया दिनुहोस्