Wednesday, April 21

गायक महत र उनकी श्रीमतीमा कोरोना संक्रमण

August 8, 2020 289

साउन २४, २०७७ बस्टन (अमेरिका) : गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना (कोभिड-१९) संक्रमणमा परेका छन्। महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा व्यवसाय गर्दै र बस्दै आएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन्। महतले लेखेका छन्, ‘ध्यान राख्दा-राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान/श्रीमती पनि यसबाट बँच्न (जोगिन) सकेनौ। हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं।’ अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गर्दै र बस्दै आएका छन्। उनले नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् भने सामाजिक रूपमा पनि निकै सक्रिय छन्। गायक महतको फेसबुक स्टाटस :

प्रतिकृया दिनुहोस्