चीनमा कोरोनालाई जितेका अधिकांशको फोक्सो ड्यामेज, एक पटक कोरोना लागेका ५ प्रतिशतमा फेरि देखियो समस्या

August 8, 2020 476

काठमाडौं । कोरोना संक्रमणबाट विश्व नै त्रसित बनेका बेला फेरी अर्को दुखद खबर आएको छ । कोरोनाको सुरुवात भएको चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका अधिकांश मानिसमा गम्भिर समस्या देखा परेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार वुहानका संक्रमितहरुमध्ये ९० प्रतिशत मानिसको फोक्सो अझैं निको भएको छैन । वुहान विश्वविद्यालयले संक्रमितहरुमाथी अध्ययन गरिरहेको र ती मध्ये ९० प्रतिशत मानिसको फोक्सो अझै पनि निको नभइसकेको देखिएको छ ।

१०० जना कोरोना निको भएका मानिसहरुमाथि गरिएको अध्यनका आधारमा ती मध्ये ९० प्रतिशत मानिसको फोक्सो अझै पनि निको नभइसकेको देखिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि गरिएको अनुसन्धानले ९० प्रतिशतको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न नसकेको जनाएको छ ।

जसबाट संक्रमितहरुमध्ये ९० प्रतिशतको फोक्सो ड्यामेज अवस्थामा रहेको निष्कर्ष निकालेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ । अनुसन्धानमा स्याम्पल लिएकाहरुमध्येका ५ प्रतिशतमा फेरी कोरोना संक्रमित भएको पाइएको र उनीहरुको अवस्था असामान्य नै रहेको अनुसनधानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस्