आफुलाई ज्योतिष बताउने अर्जुन क्षत्रीसहित ४ जना ठगीको आरोपमा पूर्पक्षका लागि जेल चलान

August 8, 2020 237

काठमाडौं, २३ साउन । ठगीको आरोपमा प्रहरी नियन्त्रणमा परेका अर्जुन क्षत्री (ज्योतिष) जेल चलान भएका छन् । क्षेत्री सहित जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पूर्पक्षको लागि जेल चलान भएका हुन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार जिल्ला अदालत, काठमाडौंको आदेशले आफूलाई ज्योतिष बताउने क्षत्रीसहित चार जनालाई जेल चलान गरिएको हो ।

त्यस्तै क्षत्रीसँगै प्रहरी नियन्त्रणमा परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल जनही एकरएक लाख र विवेक देवकोटा ५० हजार धरौटीमा रिहा भएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले गैर कानूनी लाभ लिएको आरोपमा गत असार २६ गते क्षत्रीसहित नौ जनालाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्