Tuesday, May 11

पत्रकार प्रकाश सुवेदीले नायिका पूजा शर्मालाई दाह्रा निस्केकी नायिका भनेपछि पूजाले यसरी पोखिन् प्रकाश विरुद्ध आक्रोश

August 8, 2020 333

काठमाडौं । नायिका पूजा शर्माले चलचित्र पत्रकार प्रकाश सुवेदीविरुद्ध आक्रोश पोखेकी छिन् । पत्रकार सुवेदीले आँफुलाई टेलिभिजन कार्यक्रममा बोलाउँदा नआएको भन्दै आँफ्ना विरुद्ध कार्यक्रममा नै अनुहारकै विषय उठाएको भन्दै उनले सामाजिक संजालमा स्टाटस लेख्दै पत्रकार सुवेदीले हद पार गरेको उल्लेख लेखेकी छिन् । नायिका शर्माले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरेको आरोप लगाएकी छिन् ।

पत्रकार सुवेदीसँग प्राइम टेलिभिजनको अघिल्लो अन्तरवार्तामा नायिका शर्माले सामान्य भन्दा पनि सामान्य प्रश्नको उत्तर जनानेपछि उनले उक्त कार्यक्रम नै प्रशासण नगर्न निर्माता समेत रहेका सुवेदीलाई आग्ह गरेपनि सुवेदीले भने सोही भिडियो प्रकाशित गरेपछि आँफु ट्रोलको शिकार भएको उल्लेख गर्दै सो समयमा आफ्नो गल्ती भएको भन्दै चुप लागेको तर अहिले आएर पत्रकार सुवेदीले आँफु विरुद्ध ब्यक्तिगत विषयमा नै राष्ट्रिय टेलिभिजनमा मानहानी नै गर्ने तरिकाले प्रस्तुत भएको पूजाको आरोप छ ।

पूजाले राष्ट्रिय टेलिभिजनबाट पत्रकार सुवेदीले ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाइ‘ महानायिका बनाइदिनुपर्ने‘ त्या पनि दारा निस्केको अनुहारलाई‘ कति हाँस्नु‘ ।’ भन्ने जस्तो अभिक्यक्तिप्रति आपत्ति जनाएको आफ्नो लामो स्टाटसमा उल्लेख गरेकी छिन् । अघिल्लो पटक प्राइम टेलिभिजनमा अन्तरवार्ता दिएपछि ट्रोलको सामना गरेकी पूजाले पत्रकार सुवेदी एपिवान गएपछि पुन अन्तरवार्ताका लागि बोलाएको तर पूजाले अस्विकार गरेपछि प्रकाशले पूजा विरुद्ध ब्यक्तिगत रुपमा आलोचना गरेको भन्दै अहिले सुवेदीको आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्