Thursday, May 13

कोरोना संक्रमितको सम्पर्कमा आएकी अनमोलको क्याप्टेनकी नायिका उपासनाको पनि जाँचियो कोरोना

August 8, 2020 359

काठमाडौं । अनमोलसँग क्याप्टेनमा एकसाथ अभिनय गरेर चर्चामा आएकी नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको शनिवार साँझ कोरोना रिपोर्ट नेगेटिभ आएको काठमाडौंको ह्याम्स अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनीहरुको रिर्पोट आज आएको हो ।

उपासना सहित अनमोलले यामाहा कम्पनीको एउटा एडमा एकसाथ काम गरेका थिए । सोही कम्पनीको कर्मचारीलाई कोरोना संक्रमण भएपछि अनमोलसँगै उपासनाको पनि परिक्षण गरिएको हो ।

उनी यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोनाभाइरसको संक्रमण देखिएपछि दुवैले परिक्षण गराएका हुन् । चलचित्र ‘क्याप्टेन’ बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी सुन्दरी उपाशनाले दयाहाङ राईको चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरेसँगै उनको चर्चा थप चुलिएको थियो ।

 

प्रतिकृया दिनुहोस्