Tuesday, May 11

उपचार नपाएर तीन जना बिरामीको मृत्यु भएपछि वीरगन्जमा प्रदर्शन

August 9, 2020 343

वीरगन्ज- वीरगन्जको नारायणी अस्पताल अगाडि उपचार नपाएर बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन भएको छ ।इबार बिहान करिब १० बजेको समयमा निषेधाज्ञा उल्लंघन गर्दै अस्पताल अगाडि प्रदर्शन गरिएको हो । चिकित्सक र अस्पतालकाविरुद्धमा स्थानीय विरोध गर्दै नारा लगाएका हुन् ।

पछिल्लो तीन दिनयता वीरगन्जमा उपचार नपाएर तीन बिरामीले अकालमा ज्यान गुमाएपछि स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । नारायणी अस्पतालका सबै सेवा सुचारुका लागि प्रदर्शनकारीले माग गरेका छन् ।

तस्बिर सौजन्य : बि.एन नेपाल

प्रतिकृया दिनुहोस्