कोरोना महामारीविरुद्ध लड्न भन्दै नेपाली सेनालाई भारतले दियो १० वटा भेन्टिलेटर

August 9, 2020 165

काठमाडौं-भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । विश्व कोरोना महामारीसँग लडिरहेका बेला नेपाललाई पनि महामारीविरुद्ध लड्नका लागी नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग प्रदान गरेको हो । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर उपलब्ध गराएको प्रधानसेनापति थापाले बताए । भारतीय दुतावासले दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु कोभिड(१९ का बिरामीको उपचारमा उपयोग हुने बताएको छ । प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्