Friday, April 23

काठमाडौं उपत्यका कोरोनाको ‘हब’ बन्ने खतराः संक्रमितको संंख्या ११३० पुग्यो

August 10, 2020 344

काठमाडौं। काठमाडौं उपत्यकामा हालसम्म ११३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा ९०६ जना,ललितपुरमा १३८ जना र भक्तपुरमा ८६ जना कोरोना संक्रमित रहेका छन्। आईतबार संक्रमण पुष्टि भएका ९२ जना समेत जोडेर ११३० जना कोरोना संक्रमित पुगेका हुन्।

आईतबार काठमाडौं जिल्लामा ९० जना र ललितपुरमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।समाचारपत्रमा खबर छ ।

कोरोना संक्रमितको संख्या उपत्यकामा दैनिक बृद्धि भईरहेको छ । यससंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । यससंगै उपत्यकाका ३ ओटै जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् ।

भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणली लागू गरिएको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस्