Monday, August 2

बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल बगायो,आवात जावतमा समस्या

August 10, 2020 241

बाजुरा-बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ । बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाए पछि आवतजावतमा समस्या भएको छ । त्यस्तै बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् ।

प्रहरीले जनाए अनुसार घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको छ । लगातारको वर्षाका कारण उद्धारका लागि प्रहरी टोली जान नसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्