Monday, July 26

दुखद खबर,वीरगञ्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

August 10, 2020 443

काठमाडौं, साउन २६ कोरोना संक्मणबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिला रहेकी छिन् ।

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएकी उनमा कोरोना संक्रमण देखिएको अस्पतालका संयोजक डा। उदयनारायण सिंहले जानकारी दिए ।

कोरोनाबाट वीरगञ्जमा संक्रमित र कोरोनाबाट ज्यान जाने मानिसको संख्या दिनहुँ बढ्दै गएपछि विगत दुई सातादेखि निषेधाज्ञा छ। मृत्यु भएकी ४५ वर्षीया महिला ४५ वर्षीया महिला उच्च रक्तचाप र थाइराइडबाट समेत पीडित रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्