Wednesday, April 21

बँदेल मा’र्न था’पेको ध’रापमा परी दाजुभाइको मृत्यु, बुबा घाइते

August 10, 2020 299

दाङ । घोराही उपमहानगरपालिकामा बँदेल मा’र्न थापेको विद्युतीय धरापमा परी दाजुभाइको निधन भएकाे छ । बँदेल मा’र्न मकैबारीमा थापेको विद्युतीय ध’रापमा प’रेर सोमबार बिहान उपमहानगरपालिका १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको मृत्यु भएको हो ।

विद्युतीय ध’रापमा प’रेर बुबा घाइते भएका छन् । विद्युतीय ध’रापमा प’रेर उनीहरूका बुवा ३७ वर्षीय दिलबहादुर रावत घाइते भएकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो। उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बँदेलले मकै खाएर सताएपछि त्यसलाई मा’र्न उनीहरुले मकै बारीमा विद्युतीय ध’राप थापेका थिए । विद्युतीय ध’रापमा बँदेल परेको पाे छ कि ? भनेर हेर्न सोमबार बिहानै बुवा-छोरा मकै बारीमा गएका थिए । शुरूमा एउटा छोरा गल्तीबस त्यो धराप छुन पुगे। भाइलाई करेन्ट लागेपछि दाजु उनलाई तान्न गए । करेन्ट लागेर दुई दाजु–भाइको घटनास्थलमै मृत्यु भयो।

बाबुलाई भने आत्तिँदै अगाडि बढ्दा करेन्ट लागेकाे हाे । करेन्टले दुवै छाेरा गुमे पनि बुबा दिलबहादुर भने बाँच्संन सपफल भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रिपोर्टरको डायरीः लापर्वाहीले महाव्याधि सङ्क्रमण बढाउँदै

“बुबा, हजुर कहाँ पुगेर आउनुभयो ? कोरोना देख्नुभयो ?”, दिनभरिको रिपोर्टिङबाट फर्कंदा चार वर्ष पूरा नपुगेकी मेरी नातिनी बिनिभाले सोध्ने पछिल्ला पाँच महिनायता सधैँजसोको जिज्ञासा हुने गरेको छ । बिनिभाले खेल्ने मोबाइल, घरको टिभी र रेडियोले बराबर कोरोना भाइरसबारे चर्चा गरिरहँदा यसबारे उनको जिज्ञासा बढेको म अनुमान लगाउँछु । सधैँको दोडादौडीले घरपरिवारका अन्य सदस्यले पनि ‘किन यति हिँडिरहनु परेको’ भन्ने गरेका छन् । सामान्यतया घरबाहिर निस्कँदा मास्क लगाउने, भरसक भीडभाडमा नपस्ने र भौतिक दूरी निर्वाहमा ध्यान पु¥याइएको छ ।

यद्यपि साँझमा घर फर्कंदा नातिनीको जिज्ञासाले मन झस्काउने गरेको छ । आफ्नै परिवेशको कुरा गर्दा कोभिड–१९ महाव्याधिको सन्त्रास झेल्दै आएको पाँच महिना नाघिसकेको छ । अन्य मुलुकमा सन् २०२० को प्रारम्भसँगै बढेको यो महाव्याधि हामीकहाँ भने गत चैत दोस्रो सातासँगै पसेको भेटिन्छ । यद्यपि चैत पहिलो सातामै अन्तर्राष्ट्रिय उडानबाट मुलुक भित्रिएकामा पहिलोपटक सङ्क्रमण पुष्टि भएको हो । शुरुमा युरोप र अरब राष्ट्रबाट फर्केकामा सङ्क्रमण पुष्टि भएको यो महाव्याधि महोत्तरीसहितका प्रदेश–२ मा भने नयाँ वर्ष २०७७ सँगै झाँगिदै गएको तथ्याङ्कले देखाउँछन् । सरकारले पनि चैत ११ गतेदेखि ‘लकडाउन’ लागू गरेर सङ्क्रमण रोकथाममा प्रयत्न थाल्यो । युरोप र अन्य अरब राष्ट्रबाट फर्कनेको जाँचले दुई अङ्क ननाघेको सङ्क्रमणको सङ्ख्या भारतबाट घर फर्कने बढेसँगै भने ह्वात्तै फड्को मारेको तथ्याङ्कले नै स्पष्ट पारेको छ ।

सङ्क्रमण सन्त्रास बढिरहेबीच वैशाख दोस्रो साता मसहितका १० सञ्चारकर्मीको पिसिआर परीक्षण भयो । रिपोर्टिङका क्रममा बच्दाबच्दै भीडमा परेर बढेको मानसिक बेचैनीलाई परीक्षणको नेगेटिभ नतिजाले सान्त्वना दियो । स्वाब सङ्कलन गरिएको दिनदेखि नतिजा प्राप्त भएको छ दिनको बीचमा कतै ननिस्की घरै बसिरहँदा सबैभन्दा खुशी मेरी नातिनी बिनिभा थिइन् । यद्यपि मसँग खेल्न र गफिन पाउँदा खुशी हुने बिनिभालाई यो अवसर धेरै मिलेन । रिपोर्टिङमा फेरि जुट्नु नै थियो । मास्क लगाएर हिँड्ने, यथाशक्य भौतिक दूरी निर्वाह गर्ने मसहितका अन्य सहकर्मीको प्रयत्न क्वारेन्टिन केन्द्रमा हुने कोलाहलले बिच्क्याउँथ्यो । ‘हाम्रा ओछ्यान छैनन्, खान राम्रो पाइएको छैन, बसोबास कोलाहलपूर्ण छ’ भन्दै कराउने क्वारेन्टिनमा बसेकाहरुको गुनासो स्थानीय तहका प्रतिनिधिसम्म पु¥याएर यथाशक्य उचित प्रबन्धको अनुरोध गरेर हलुको हुनेबाहेक हामीसँग दिने अन्य कुरा थिएनन् । यद्यपि ठाउँठाउँमा हाम्रो यो प्रयत्नले क्वारेन्टिन केन्द्रको व्यवस्थापन सुध्रिएको पाउँदा हामी दङ्ग पथ्र्यौं ।

आमरूपमा यहाँ मानिसलाई भीडभाडमा नजान, मास्क सधैँ प्रयोग गर्न र एकअर्काबीच भौतिक दूरी निर्वाह गर्न गरिने आग्रहको खासै सुनुवाइ भएको अनुभूति लिन सकिएन । यहाँ सङ्क्रमणको यो डरमर्दो रूप वास्तवमा सुरक्षा प्रबन्धप्रतिको अरुचिमात्र हैन बेवास्ता नै हो भन्ने हामी सञ्चारकर्मीको निष्कर्ष हुने गरेको छ । गहिराइमा बुझ्न खोज्दा जीवन गुजाराका लागि गरिब घरबाट निस्कन बाध्य भएका भेटिए पनि धेरैजसोमा अटेरीपन नै कारण भेटिएको महोत्तरीका सञ्चारकर्मी अमृतकुमार महतो बताउनुहुन्छ । यद्यपि विपद्का बेला राज्य पक्ष (सरकारका अङ्गहरु, स्थानीय तह) को सघन उपस्थिति नहुनु र योजनाबद्ध रोकथामका उपाय अवलम्बन र प्रभावकारी अनुगमनको कमी पनि सङ्क्रमण बढ्नाका कारण रहेको अमृतको ठम्याइ छ ।

पाँच महिना नाघेको यो त्रासदीपूर्ण अवधिबीच हालसम्म कोरोना भाइरस सङ्क्रमणले मुलुकमा ७३ जनाको ज्यान लिइसकेको छ । प्रदेश–२ मै यो सङ्ख्या २६ पुगेको छ । यसरी यो महाव्याधिले ज्यान गुमाउनेमा मेरै जिल्ला महोत्तरीका पनि एकजना परेका छन् । दिनहुँ सङ्क्रमित बढिरहेका छन् । मृत्युको कहालीलाग्दो चर्चा पनि सबैतिर भएको सुनिन्छ । “बुझ्नु भो गोपालजी, यो कोरोनाले मर्नेको त बोक्ने, घाट पु¥याउने र सद्गतका अन्य विधि पनि परिवारजनले गर्न पाउन्नन् रे !”, महोत्तरीको भारतीय सीमावर्ती नाका सम्सीको भीडमा भेटिएका एक परिचित मलाई भन्दै थिए । चिया पसलमा बसेर कोरोना असरबारे एकोहोरो बोलिरहेका उनले न मास्क लगाएका थिए, न भौतिक दूरीको नै उनले पर्वाह गरेको देखिन्थ्यो । मैले परैबाट “तपाईं मास्क पनि लगाउनु भएको छैन, चिया पसलको भीडमा हुनुहुन्छ, अलि ख्याल गर्नुहोस्” भनेँ । उनी भीडमै रमाइरहे ।

मुलुकमा सङ्क्रमण भित्रिएको प्रारम्भिक चरणमै मेरो जिल्ला महोत्तरीसहितका प्रदेश–२ का आठवटै जिल्लामा सङ्क्रमण रोकथामका सचेतना अभियान निरन्तर चलाइए । चोकबजारमा मास्क बाँड्नेदेखि घरबाट ननिस्कन अपिल गरिँदै राहतको नाउँमा दालचामल पनि बाँडियो । प्रदेशका सबै रेडियोहरुले लगातार घरबाहिर ननिस्कन, भीडभाडमा नजान, मास्क लगाउन, भौतिक दूरी कायम गर्न र बाहिरबाट आउनेलाई क्वारेन्टिन केन्द्रमा पु¥याउन पहलकदमी लिन अपिल गरिरहे । यद्यपि प्रदेश–२ मा भारतसँगको खुला सीमाका कारण भीड भित्रिने क्रम रोकिएन । भित्रिएका सबै आ–आफ्ना बस्तीमा स्वच्छन्द रूपले हिँडडुल गरेपछि यहाँ सङ्क्रमण ह्वात्तै बढेको देखिन्छ । लकडाउन अवधिमा पनि महोत्तरी र प्रदेशका सबैजसो हाटबजारमा सदाबहार भीडभाड जमी नै रह्यो । सीमा क्षेत्र (नेपाल–भारत सीमा क्षेत्र) मा हुने दोहोरो आवागमन नरोकिँदा, नेपाल प्रवेश गर्ने सबैको प्रारम्भिक स्वास्थ्य जाँचसमेत गर्न नसकिँदा यस क्षेत्रमा सङ्क्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी नै बताउँछन् ।

प्रदेश–२ मा सङ्क्रमण पश्चिमी जिल्ला पर्सामा शुरु भयो । चैत अन्त्यमा भारतबाट आएका तीन जना भारतीयमा सङ्क्रमण पुष्टि भएको हो । चैत सकिँदा प्रदेशमा तीन सङ्ख्यामात्र रहेको यो सङ्क्रमण क्रमशः सर्लाही, सप्तरी र रौतहट हुँदै प्रदेशका सबै जिल्लामा पसेर वैशाख मसान्तमा आइपुग्दा मेरै जिल्ला महोत्तरीका दुई जनामा समेत प्रदेशभरिमा ९५ मा पुग्यो । महोत्तरीसहितका प्रदेश–२ का जिल्लामा जेठ दोस्रो साताको प्रारम्भसँगै भारतबाट फर्कनेको सङ्ख्या थामिनसक्नु भयो । खासमा सीमा क्षेत्रका दुवैतर्फ जोडिएका गुजुमुज्ज बस्तीबाट रातारात हजारौँ भित्रिए । न कसैको लगत बन्यो, न कुनै अभिलेख ! यस क्रमले जेठ मसान्तमा प्रदेशमा सङ्क्रमित सङ्ख्या दुई हजार १४ पुग्यो । यतिञ्जेलमा मेरो जिल्ला महोत्तरीमा पनि सङ्क्रमित १८८ पुगे । भित्रिने हरुको लगत नभएपछि उनीहरुको स्वच्छन्द घुमफिरले सङ्क्रमण बढ्दै गयो भने भारतबाट यता भित्रिने क्रम असारभरि नै पनि जारी रह्यो । असार मसान्त आइपुग्दा प्रदेशभरिमा तीन हजार ९११ र मेरो जिल्ला महोत्तरीमा सङ्क्रमित सङ्ख्या ७३८ पुगिसकेको थियो ।

मध्य असारअघि महोत्तरीको भारतीय सीमावत्र्ती सम्सी गाउँपालिकामा त भारतबाट फर्कनेको भीड थामिनसक्नु भयो । हामी केही सङ्ख्याका सञ्चारकर्मी पनि त्यहाँको अवस्था हेर्न पुग्यौँ । सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी सबैको पहलकदमीमा सम्सीमा मात्रै क्वारेन्टिनमा बस्ने दुई हजार नाघे । बस्तीमा भर्खर भारतबाट को आएको छ भन्दै खोजी गरेर निकाल्दै जाँदा त्यहाँको क्वारेन्टिनमा यो सङ्ख्या पुगेको हो । त्यहाँ गरिएको पिसिआर परीक्षणमा २७५ जनामा सङ्क्रमण पुष्टि भयो । यसबाहेक जिल्लाका अन्य नाकाबाट लुकीचोरी भित्रिने क्रम पनि रोकिएन । सङ्क्रमण बढ्दै जाँदा महोत्तरी प्रदेशमै रौतहटपछि सबैभन्दा बढी सङ्क्रमितको जिल्ला बन्यो । अहिले प्रदेशमा सङ्क्रमण पुष्टि भएका पाँच हजार ६३१ मध्ये ८६८ (शनिबारसम्मको अद्यावधिक तथ्याङ्कअनुसार) महोत्तरीका छन् ।

लकडाउन अवधिमै पनि भीडभाड र हाटबजार नियन्त्रण हुन नसकेको महोत्तरीसहितका प्रदेश–२ का जिल्लामा साउन ७ गते लकडाउन हटेयता सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेयता (साउन ७ देखि हालसम्म) नै प्रदेश २ मा एक हजार ३६७ र महोत्तरीमा ११७ सङ्क्रमित बढेका छन् । त्यसअघि साउन १ देखि ६ गतेसम्मका छ दिनमा प्रदेशभरिमा ३५३ र महोत्तरीमा १३ जना सङ्क्रमित बढेका थिए । यो प्रदेश २ को सामाजिक विकास मन्त्रालयले अद्यावधिक गरेको अभिलेखअनुसारको सङ्ख्या हो । यद्यपि यो विपद्भित्र एउटा आशलाग्दो पक्ष उपचारले ठीक भएर घर फर्कनेको सङ्ख्या पनि अहिलेसम्म तीन हजार ३३४ पुगेको छ । यो कूल सङ्क्रमित पाँच हजार ६३१ को ५९ दशमलव २० (५९.२०%) प्रतिशत हो । यसभित्र २६ जना (०.४६%) को दुःखद मृत्यु भएको छभने दुई हजार २७१ (४०.३३%) अझै उपचारका क्रममा छन् । प्रदेशमा हालसम्म ६७ हजार ४२० को पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । तीमध्ये महोत्तरीका चार हजार ३७३ जना छन् । प्रदेशमा स्वाब सङ्कलन गरिएकामध्ये चार हजार ३८४ को भने परीक्षण नतिजा आउन बाँकी देखिन्छ । जताततै बढेको भीड रोक्न पछिल्लो पटक गत साता (साउन १९ यता) देखि नै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका मुख्य बजार क्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीले कफ्र्यु (निषेधाज्ञा) जारी गरेको छ ।

यसैगरी जिल्लाका भङ्गाहा नगरपालिकाले आफ्नो नगर क्षेत्रका हाटबजार लाग्न साउनभरि रोकेको छ । यसै क्रममा बर्दिवास नगरपालिका–१, २ र १४ वडासमिति र बर्दिवास उद्योग वाणिज्य सङ्घले भीडभाड रोक्न हाटबजार नलगाउन र भीडभाडमा ननिस्कन सर्वसाधारणलाई अपिल गरेका छन् । स्थानीय तह र उद्योगी व्यापारीको यो प्रयत्नले भीडभाड घटेको देखिँदो छ । यद्यपि सङ्क्रमण बढ्न नदिन अपनाउनुपर्ने सुरक्षा प्रबन्धमा देखिने उदासीनताले जोखिम कायम नै छ ।

पिसिआर परीक्षण तत्काल गरिनुपर्ने र गर्न इच्छुकको सङ्ख्या उल्लेख्य छ तर स्वाब सङ्कलनदेखि त्यसको परीक्षणसम्मका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री पर्याप्त नहुँदा अपेक्षित परीक्षण हुन सकेको छैन । भर्खरै प्रदेश–२ सरकारले तीन पिसिआर मसिन, ५० भेन्टिलेटर, ५०० श्ययाको आइसोलेसन कक्ष बढाउने र सो सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेपछि परीक्षण र अझ प्रभावकारी उपचार प्रबन्ध बढ्ने कुराको आश जागेको छ । आफ्नो जिल्ला र प्रदेशको यो अवस्थाबीच सधैँ घर पुग्दा नातिनी बिनिभाले राख्ने कोरोनाबारेको जिज्ञासाले उनलाई काखमा लिन पनि डर लाग्ने गरेको छ । “बुबा, कोरोना देख्नुभयो ?”, बिनिभा सोध्छिन् । उनी झ्वास्सै मलाई समात्न नआई पुगुन् भनेर म ‘नानी, मामुलाई नछोड’ भन्दै साबुनपानीले हातगोडा धुन धारातिर जान्छु । नानीको रहर न हो, म धाराबाट फर्कनासाथ बिनिभा झ्याप्प मलाई समाउँछिन्, म डराउँदै डराउँदै उनलाई डो¥याएर उनकी मामु (आमा)निर पु¥याउँछु ।
–––

प्रतिकृया दिनुहोस्