Friday, March 5

पर्वतमा पहिरोले भत्कायो विद्यालय

July 19, 2020 109

साउन ४, २०७७ पर्वत : लगातारको वर्षासँगै गलेको जमिनमा पहिरो जाँदा पर्वतको मोदी गाउँपालिकाको एक विद्यालय नै भत्किने र पहिरोमा बग्ने जोखिममा परेको छ। मोदी गाउँपालिका १ भुकताङ्लेमा रहेको झिलीबराङ आधारभूत विद्यालयका दुई भवनमध्ये एउटाको दुई कोठा भत्किएका छन् भने अर्को भवन नै बग्न सक्ने जोखिममा परेको छ। विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पौडेलका अनुसार विद्यालय भन्दा तल्लो भागमा पहिरो जाँदा दुई वटा कक्षाकोठा पूर्ण क्षति भएका छन् भने अन्य चार कक्षाकोठा रहेको भवन जोखिममा परेको छ। प्रअ पौडेलका अनुसार लक डाउनका कारण विद्यालय बन्द भएकाले पठनपाठनमा असर नगरे पनि लकडाउनपछि कक्षा सञ्चालनमा समस्या हुने भएको छ। उनले विद्यालयमा पुगेको क्षतिबारे सम्बन्धित निकायमा जानकारी गराएको बताए। कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ८० जना विद्यार्थी छन्। भुवनोट कमजोर र लगातारको वर्षाका कारण पहिरो गएको हुनसक्ने प्रअ पौडेलको भनाइ छ।

प्रतिकृया दिनुहोस्