Friday, April 23

हत्यापछि गोंगबुमा टाउको, खुट्टा र शरीर छुट्टा छुट्टै स्थानमा फालिएको शवको पहिचान नभएपछि प्रहरीले गर्यो फोटो सार्वजनिक

August 10, 2020 300

काठमाडौं । गोंगबुमा विभत्स हत्यापछि टाउको, खुट्टा र शरीर छुट्टा छुट्टै स्थानमा फालिएको शवको पहिचान सम्भव नभएपछि प्रहरीले मृतकको तस्विर नै सार्वजनिक गरेको छ ।

आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको प्रहरीको तालिम प्राप्त कुकुरले पत्ता लगाएसँगै प्रहरीले मृतकको पहिचानका लागि लामो समय बिताइसक्दा पनि सम्भव नभएपछि तस्विर नै सार्वजनिक गरेर आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गरेसँगै आफन्त सम्र्पकमा आउने प्रहरीको विश्वास रहेको छ । आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा शव र दुई सय मिटरको दुरीमा घुँडाभन्दा तलको गोडाको भाग फेला परे प्रहरीका उच्च तहका अधिकारीहरु नै यो घटनाको घटनास्थलकै निरिक्षमा निस्किएर अनुसन्धानमा खटिएका थिए ।

गोंगबुमा आइतबार स्थानीयले सुटकेसभित्र अन्दाजी ४५ वर्षीय पुरुषको टाउको र खुट्टाविनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र शव भेटिएको भन्दा झण्डै साढे तीन सय मिटर टाढा झोला भित्र टाउको र खुट्टा समेत भेटाएपछि अनुसन्धान थालेको थियो ।

 

प्रतिकृया दिनुहोस्