Tuesday, May 11

मध्यरातमा डोटीमा घर भत्कियो : ४ को मृत्यु, ५ घाइते

August 11, 2020 274

डोटी, २७ साउन । डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

डोटीको आदर्श गाउँपालिका वडा नं १ बाझककानी खलगडामा गए राती करिब एक बजेतिर घर भत्किँदा यो विपतको अवस्था आइपरहेको प्रहरीले जनाएको छ ।

प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको र घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि दिपायल लगिएको बताइएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्