Tuesday, May 11

वीरगंजमा कोरोनाको महामारी नै फैलियो, २ डाक्टरसहित ७० जनामा संक्रमण पुष्टि

August 11, 2020 317

वीरगंज । कोरोनाको हटस्पोर्ट बन्दै गएको पर्सामा आज फेरी २ डाक्टरसहित ७० जना नयाँ संक्रमित थपिएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार आएको नतिजामा पर्साका ६५ र बाराका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्ये ३ वर्षीया बालिकादेखि ८६ वर्षीया बृद्धासम्म २२ जना महिला र ४८ जना पुरुष रहेका छन्। उनीहरु सबैको सम्बन्धित अस्पतालको आइसोलेसनमा राख्ने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्