Thursday, May 13

प्रकाश सपुतको बदला बरिलैलाई दर्शकले मन पराउनुको खास कारण यस्तो, लामो समयदेखि ट्रेण्डिगंको शीर्ष स्थानमा

August 11, 2020 110

काठमाडौं । गायक प्रकाश सपुतको शब्द संगीत रहेको ‘बदला बरिलै’ अहिले चर्चामा रहेको छ । युट्युबमा टे«न्डिङमा रहेको उक्त गीत अहिलेसम्म ३१ लाख बढी दर्शकले हेरेका छन् । देवी घर्तीको स्वर रहेको उक्त गीत तीजको सन्दर्भ केन्द्रित सबै भन्दा शसक्त गीत बनेको छ ।

हिन्दु नारीले महत्वका साथ मनाउने तीजमा प्राय चेलीबेटीका पीर ब्यथालाई गीत मार्फत गाउने चलन थियो । तीज मान्ने प्रत्येक गाउँका महिलाले आफ्नै ठाउँका कथा व्यथालाई शब्दमा उनेर गीत बनाउथे र तीजको दिन मन्दिर, पाटी पौवा, वा चौतारामा जम्मा भएर गाउथे । त्यहि गीतमा नाँच्थे पनि ।समय परिवर्तन भयो । सासुका यातनाबाट बुहारीले मुक्ति पाए । आमालाई चुक्ली लगाउने नन्द भन्दा भाउजुहरु बलिया भए । समाज परिवर्तनसंगै तीजको भाका पनि फेरियो । तीज गीत सुन्नलाई तिजकै दिन कुर्नुपर्ने परम्परा अन्त्य मात्रै भएन । एकै ठाउँमा बसेर विश्वभरका गीत हेर्नेसम्मको व्यवस्था भयो ।

प्रकाश सपुतले फेरि एकपटक तीज गीतमा ‘क्रान्ती’ ल्याइदिए । तीज गीत शीर्षकमा भद्दा शब्द राखेर चर्चामा आउने गायक र अर्धनग्न बस्त्र लगाएर क्यामेरा अगाडी उभिने मोडलका लागि ‘बदला बरिलै’ एउटा गतिलो पाठ पनि हो राजधानि दैनिकमा खबर छ । कुनै बेला गीत खोज्न भन्दै पहाडको कुना कन्दरा घुम्ने स्रष्टाहरु इतिहास बने । शहरमा रुमल्लिएका कलाकारहरुले रेडियो सुनेकै भरमा गीत बनाएर गाउन थाले । अहिले यहि क्रम जारी छ ।

त्यहि कारण हुनसक्छ । अहिले आम लोक, तीज र दोहोरी गीतमा तात्विक भिन्नता पाइन्न । सिमित गायक गायिका मात्रै छन् जसले गीत मार्फत फरक पहिचान स्थापित गर्न सफल भएका छन् । बैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई समेटेर ‘बोलमाया’ गीत सार्वजनिक गरेपछि एक्कासी चर्चामा आएका प्रकाश सपुतले फेरि एकपटक तीज गीतमा ‘क्रान्ती’ ल्याइदिए । तीज गीत शीर्षकमा भद्दा शब्द राखेर चर्चामा आउने गायक र अर्धनग्न बस्त्र लगाएर क्यामेरा अगाडी उभिने मोडलका लागि ‘बदला बरिलै’ एउटा गतिलो पाठ पनि हो ।यस गीतमा एउटा बलात्कृत किशोरीको क्रन्दनलाई सुन्दर ढंगमा उतारिएको छ । बलात्कारमा संलग्नहरु राज्यकै निगाहमा उन्मुक्त हुँदै हिँडेको यथार्थलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

प्रतिकृया दिनुहोस्