Saturday, July 31

मुगुमा कुपोषित बालबालिका दिनप्रतिदिन बढदै, राज्यको पोषणमा लगानी,वालुवामा पानी सरह

August 11, 2020 236

युद्ध बहादुर मल्ल/मुगु – दर्गम तथा पिछडिएका जिल्लाहरुमा बालबालिकाहरुमा कुपोषण दर बढदै गएको भन्दै सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले उपचारात्मक,व्यवहारात्मक तथा खानपानमा सुधार ल्याउन भन्दै वर्षेनी ठुलो रकम खर्च गदै आएपनि प्रतिफल शुन्य देखिदा पोषणमा राज्यको लगानी वालुवामा पानी सरह हुने गरेको छ ।पछिल्लो समय हिमाली जिल्ला मुगुका बालबालीकाहरुमा कुपोषणको समस्या बढ्दै गएको पाईएको छ । कुपोषणका कारण ५ बर्ष मुनिका बालबालीकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाईएको हो ।प्रयाप्त मात्रामा परिवार नियोजनका साधनहरुको प्रयोग नगर्नु, बाल बिबाह गर्नु, गरिबी तथा व्यरोजगारी र कम उमेरमै बच्चा जन्माउनु नै कुपोषणको मुख्य कारण रहेका छन ।

बिशेष गरेर २ बर्ष मुनीका बालबालीकामा कुपोषणको समस्या धेरै छ । गलत खानपान, स्तनपानको कमी गरीबी लगायतका कारणले बालबालीकामा कुपोषणको समस्या बढ्दै गएको देखिन्छ ।बिगतका बर्ष भन्दा यो बर्षको सुरुमै कुपोषणका बिरामीको संख्या जिल्लामा उच्च देखिएको स्वास्थ्यकमीहरुले बताउनु भएको छ ।

एक महीनामै ३४ बालबालीकामा कुपोषण
जिल्लामा साउन महिनामा मात्रै ३४ जना बालबालीकामा कडा जटील खाले कुपोषण समस्या देखिएको छ ।साउन महिनामा मात्रै कुपोषणको समस्याका कारण ३४ बालबालीकालाइ जिल्ला अस्पाताल ल्याइएको थियो । जसमध्य ३१ जनालाई उपचारात्मक खाना (आर. यु. टि. एफ) १४ दिनका लागि दिएर घर पठाइएको थियो भने ३ जनालाइ अस्पतालमै भर्ना गरिएको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी तथा पोषण कार्यक्रमका फोकल ब्यक्ती परशुराम नेपालीले बताउनु भयो ।भर्ना गरीएका ३ जना बालबालीकालाई अस्पतालमा (एट–७५) नामक दूध खुवाएर उपचार गरीएको छ, भर्ना गरिएका ३ जना मध्य २ जनाको उपचार पछि घर पठाइएका, उनिहरुलाइ १४ दिनका लागि उपचारात्मक खाना(आर.यु.टि.एफ) दिएका छौ भने एक जनाको अझै अस्पतालमै उपचार भैरहेको उहाँले बताउनु भयो ।

छोरीलाई लामो समय देखि बान्ता हुने, पखाला लाग्ने, खाना नखाने, दुब्लाउदै जाने समस्याले सिकीस्त भएपछि अस्पतालमा आई डाक्टरलाइ जचाउन ज्यादा कुपोषण भएको थाहा पाएको सोरु गाउँपाकिा– ९ कालै गाउकी हजारमती बिक भन्नुहुन्छ कुपोषणका कारण थला परेकी आफनी १० महिनाकी छोरी सुनिता विकलाई ५ दिन देखि अस्पतालमा उपचार गराई रहेकी छु, ।अस्पातालमा छोरीको उपचार सुरु भएपछि छोरीको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएकाले छोरी बाच्ने आशा पलाएको पनि उहाँ बताउनु हुन्छ ।

उहाँ कै अनुसार गाउँ घरमा यस्ता खालका बिरामी बच्चाहरु धेरै छन,उपचारको लागि अस्पताल ल्याउन टाढा छ गाँउलेहरु धामी,झाक्री,हेराउने,जडीवुटी खुवाउने गदै आएका छन उनीहरुलाई आफना छोरा छोरी कुपोषण भएर यस्ता भएका हुन भन्ने बारे थाहा छैन ।जिल्लामा कुपोषणको सामान्य देखि कडा खालका बिरामी बालबालिकाका लागि जिल्ला अस्पतालले उपचारात्मक खाना –(आर.यु.टि.एफ) र एट– ७५ दूध खुवाएर उपचार गर्दै आएको छ । भने सप्रोस नेपाल नामक गैह्र सरकारी संस्थाले फोर्टीफाइड फ्लावर नामक पोशीलो खाना बितरण गर्दै आएको छ ।

कुपोषण देखिएका अधिक जसो बालबालिका सदरमुकाम आसपास क्षेत्रका रहेका छन् ।जन्मान्तरको समस्याले कुपोषण बढ्दोस्वस्थ बच्चाको लागि कम्तीमा २ बर्षको फरकमा मात्रै सन्तान जन्माउनु पर्ने स्वास्थ्य पोर्टोकलमा उल्लेख छ तर पछिल्लो समय मुगुमा भने समय नपुगेरै बच्चा जन्माउने समस्या धेरै भएको र गर्भाअन्तर तथा जन्मान्तरमा ध्यान नदिदा कुपोषण बढिरहेको सूचना अधिकारी नेपालीको भनाइ छ ।
बालबालीकाको खानपीनमा ब्यवास्ता, पुरक आहारको समस्या, अपरिपक्क अवस्थामा बच्चा जन्माउनु लगातका समस्याले पनि कुपोषको समस्या बढ्दै गएको उनले जनाए ।प्रयाप्त मात्रामा परिवार नियोजनका साधनहरुको प्रयोग नगर्नु, बाल बिबाह गर्नु, गरिबी, ब्यरोजगारी र कम उम्मेरमै बच्चा जन्माउनु कुपोषणका मुख्य कारण भएकोको स्वास्थ्यकर्मी बताउछन् ।हाल कोरोना भाइरसका कारण सरकारले गरेको लगडाउनका कारण पनि बालबालीकामा कुपोषण बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
राज्यले वषेनी पोषणका लागी लगानी बढाउदै जाने तर उपलव्धी शुन्य देखिदै आएकाले राज्य र गैर सरकारी संघ सस्थाहरुले कुपोषण घटाउन चालेका कदम माथी नै शंका उत्पन्न हुन थालेका छन । पोषणका नाममा गरिने लगानी कतै नाम मात्रका त भएका छैनन अब लगानी गर्ने निकायले शुष्म अध्ययन गर्नु पर्ने अवस्था सृजना भएको छ ।

प्रतिकृया दिनुहोस्