Saturday, July 24

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा १८ वर्षीय युवकको ज्यान गयो

August 11, 2020 380

वाग्मती, २७ साउन- दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घरभइ हेटौँडा–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटाँैडा उपमहानगरपालिका–११ थाना भ¥याङ सडकमा रोकिराखेको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गएराति हेटाँैडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

अत्याधिक गतिमा मोटरसाइकल चलाएकोले दुर्घटना भएको हुनसक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रनाउ रानाले जानकारी दिनुभयो । (रासस)

प्रतिकृया दिनुहोस्