Friday, April 23

रुसी राष्ट्रपति पुटिनले भने ‘रुसले कोरोना विरुद्धको खोप बनायो अब चाँडै नै यो खोप ठूलो सङ्ख्यामा बनाउछौ’

August 11, 2020 236

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएर प्रयोगमा ल्याउको दाबी गरेका छन् । अन्तराष्टिूय मिडियाका अनुसार पुटिनले उक्त खोपआफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ुसाइड इफेक्ट नभएको बताएका छन् । पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने समेत बताएका छन् ।

विश्व कोरोना महामारीसँग लडिरहेका बेला रुस कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् । समाचारमा जनाइए अनुसार यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको हो ।रुसमा अहिलेसम्म आठ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ ।

प्रतिकृया दिनुहोस्