Saturday, July 31

भारतमा नियन्त्रणमा नआएसम्म नेपालमा को’रोना घट्दैन, ९० हजार सं’क्रमित हुन्छन्

August 11, 2020 89

काठमाडौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भारतमा को’रोना भा’इरस सं’क्रमण नियन्त्रणमा नआएसम्म नेपालमा महामारी नघट्ने बताएका छन् । भारतमा दैनिक करिब एक लाख संख्यामा को’रोना सं’क्रमित बढ्दै गएकाले नेपालमा तत्काल नघट्ने उनको भनाइ छ। परोपकारी प्रसुती तथा स्त्रीरो’ग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा मंगलबार मन्त्री ढकालले विज्ञहरुले अहिले को’रोनाको उच्च जो’खिम रहेकाले सं’क्रमितको दर बढ्ने बताएको उल्लेख गरे।

‘भारतमा दिनमा करिब एक लाख सं’क्रमित भइरहेका छन्। त्यसैले नेपालमा न्यूनिकरण गरेर आफ्नो काम बढाउनुपर्छ,’ उनले भने ।

नेपालमा अहिले को’रोना भा’इरस सं’क्रमणको उच्च जो’खिममा रहेको उनको भनाइ छ । ‘साउन २५ देखि भदौ २ गतेसम्म को’रोना उच्च जो’खिमको अवस्था रहेको छ। यही अवस्थामा जो’खिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिन्छन्। र, मध्यम खालको रहेका ३९ हजार पुग्छन् भन्ने हाम्रो अनुमान हो,’ मन्त्री ढकालले भने, ‘त्यसका लागि हामीले व्यवस्थापन गर्नुपर्छ नियन्त्रण गर्न लागिपरेका छौँ।’

सरकारले को’रोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको उनले बताए । जस्तोसुकै अवस्था सिर्जना भए पनि को’रोना सं’क्रमित बि’रामीको उपचार जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए।

प्रतिकृया दिनुहोस्