Tuesday, June 22

रुकुम घटना : मृतकका परिवारलाई १० लाख रुपैयाँ दिइने

August 12, 2020 284

काठमाण्डाै / सरकारले रुकुम पश्चिमकाे साेती गाउँमा भएकाे घटनाका मृ तकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा मारिएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनुभयो । घाइतेहरुको सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ ।

घटनामा ६ युवाकाे ज्यान गएको थियो । घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विक, भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टीकाराम नेपालीको ज्यान गएको थियाे ।

प्रतिकृया दिनुहोस्