Saturday, July 31

कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरुको भगौडा पारा, सिंहदरबारका कर्मचारी हाजिर गरे लगत्तै कस्छन् ‘टाप’

August 12, 2020 188

काठमाडौं, साउन २८ । कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने ज्यान जोखिममा पारेर नागरिकको सेवामा लागेका छन् ।

संघीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदबारमा सोमबार र मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म स्थलगत अबलोकन गर्दा करिब ७० प्रतिशत कर्मचारीका कुर्सी रित्ता देखिए ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रलाई भने ‘खाजा खाने समयभन्दा पछि त म पनि घर जाने हो, कोरोनाको जोखिम मलाई पनि छ नि ।’

कोरोना संक्रमणको जोखिम बढेकाले प्रहरीले सिंहदबार प्रवेशमा कडाइ गरेको छ । त्यससँगै तुलनात्मक रुपमा सुनसान देखिएको सिंहदरबारमा कर्मचारीहरु कार्यालय समयभन्दा ढिला आउने र चाँडै जाने गरेको पाइएको छ ।

स्थानीय र प्रदेशसंँगै संघीय सरकारको विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोनाको संक्रमण देखिएकाले त्रास बढेको भन्दै कर्मचारीहरु मन्त्रालयमा बसेर काम गर्न खासै जाँगर नदेखाएको संघीय मामिलाका उच्च अधिकारीहरु बताउँछन् । आइतबार स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना देखिएपछि त्यसको त्रासले कोरोनाको जोखिम भन्दै कर्मचारीहरु काम गर्न खासै उत्साहित नदेखिएको संघीय मामिलाका उच्च अधिकारीहरु बताउँछन् ।

आफ्नै सवारीसाधन हुने कतिपय कर्मचारीहरु हाजिर गर्दै टाप कस्ने गरे पनि अधिकांशं कर्मचारीहरु ५ बजेपछि मात्र घर जाने गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीको दाबी छ । ‘हाजिर गर्दै टाप कस्ने कर्मचारी पनि छन्, कार्यालय समय सकिएपछि मात्र घर पनि जाने पनि छन् । यस्तै छ भनेर भन्न सकिने अवस्था छैन’ –ती अधिकारीले भने ।नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

यसैगरी कर्मचारी सम्बद्ध टे«ड युनियनहरु कोरोनाको त्रासको बेला सिहंदबारमा कर्मचारीको भीडभाड हटाउनुपर्ने र त्यसका लागि एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने तिर लविङ गर्न थालेको छ ।

प्रतिकृया दिनुहोस्