Monday, March 8

नेपाली फिल्मको कथा चोरेर बनाइयो यो हिन्दी फिल्म, नेपाली कलाकारले जनाए विरोध (भिडियो हेर्नुस्)

July 19, 2020 163

काठमाडौं । नेपाली फिल्मलाई बलिउडवाट प्रभावित भएको आरोप संधै लाग्दै आएको छ । फिल्म रिलिज भएपछि त्यसलाई बलिउडको कुनै फिल्मसंग तुलना गरिन्छ । फिल्मको कथा, गीतलाई बलिउडवाट प्रभावित भएको आरोप लगाइन्छ । तर सधै नेपाली फिल्मले मात्र बलिउडवाट प्रभावित हुने होइन ।

केही यस्ता बलिउडका फिल्म छन् जुन नेपाली फिल्मको कथा र गीतसंग मिल्छन् । हालै एउटा फिल्मको टेलर सार्वसजिनक हुनासाथ विवादित भएको छ । हिन्दी फिल्म लु’ट केशको हालै रिलिज भएको ट्रेलर बिवादमा परेको छ । नेपाली फिल्म जात्रा जस्तै बनाएको भन्दै बिवाद भएको हो । युट्युबमार्फत सार्वजनिक गरिएको हिन्दी फिल्म ‘लू’ट केश’ को ट्रेलर आएपछि नेपाली दर्शकले प्रतिक्रिया दिएका छन्, उनीहरुले नेपाली फिल्मको कथा पटकथा किन चो’रेको भन्दै प्रश्न गरेका छन् ।

यो फिल्म र नेपाली फिल्म ‘जात्रा’ दुवैको कथा पैसाको वरिपरि घुमेको छ । त्यसैले पनि ‘लू’ट केश’ जात्राबाट प्रभावित हुनसक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका हुन् ।
एक फेसबूक पेजमा ‘जात्रा’ बाट फिल्म प्रभावित भएको हुनसक्ने पोस्ट गरिएपछि कतिपयले युट्बयुबमा कमेन्ट गरेर फिल्मको कपी गरिएको प्रतिक्रिया दिएका छन् ।

‘जात्रा’ मा ३ युवाको कथा समेटिएको छ, जसले भेट्याएको पैसाको बोरा लुकाउन कसरत गर्छन् । ‘शू’ट केश’ मा पनि यस्तै खालको कथा उनिएको ट्रेलरमा देख्न सकिन्छ ।

भारतका प्रयोगकर्ताले भने फिल्मको ट्रेलरलाई ढोल, धमालजस्ता फिल्मसँग तुलना गरेका छन् । नेपाली युट्युब प्रयोगकर्ताले फिल्म ‘जात्रा’ बाट प्रभावित भनेका छन् । पैसा भेट्याएपछि त्यो पैसा लुकाउन पात्रले मेहनत गर्ने कथामा बलिउडमा पनि कैयन् फिल्म निर्माण भएका छन् ।

फिल्मको कथा ‘जात्रा’ बाट प्रभावित भएको हो कि होइन भन्ने हेर्नका लागि भने रिलिज मिति नै कुर्नुपर्ने भएको छ । यो फिल्म डिजिटल प्लेटफर्ममार्फत यही ३१ जुलाईमा रिलिज हुँदैछ । फिल्ममा कुनाल खेमु, रसिका दुगल, विजय राज लगायतले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्