Friday, April 23

अब फुटपाथमा व्यापार गर्न नपाइने

August 12, 2020 322

काठमाडौं, २८ साउन । सरकारले फुटपाथ र खुला ठाउँ र ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडालगायतका खुद्रा व्यापार व्यवसाय एव कवाडी सङ्कलनजस्ता कार्य जथाभावीरूपमा सञ्चालन गर्न रोक लगाएको छ । भीडभाड बढ्ने र कोभिड–१९ को सङ्क्रमण समुदायस्तरसम्म विस्तार हुने जोखिम बढेकाले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय गरेको हो।

सरकारले उद्योग, कलकारखानालगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीले हाल उद्योग व्यवसाय सञ्चालन गर्न, निजी तथा सार्वजनिक निर्माणका काममा लगाइएका श्रमिकलगायतका जनशक्तिलाई अनिवार्यरूपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवलम्बन गर्न लगाई उद्योग र कलकारखाना, सार्वजनिक तथा निजी निर्माणको परिसरभित्रै सुरक्षितरूपमा खाने बस्ने व्यवस्था गर्ने निर्देशन दिएको छ।अन्नपूर्ण पोस्टमा खबर छ ।

बैठकले हाललाई अन्यत्र स्थानबाट कामदार नल्याउने र कोभिड–१९ सङ्क्रमणका कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्रभित्र आवश्यक क्वारेन्टिन तथा आइसोलेसनलगायतका पूर्वाधारको प्रबन्धसमेत गर्न निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्