Wednesday, April 21

गोंगबु घटनामा नयाँ ट्विस्ट: गोंगबु घटनाको महिला र पुरुषको बिचमा आईन यी महिला, मृतक कृष्णले यी महिलासंग गर्थे यस्तो कुरा (भिडियो)

August 12, 2020 1440

काठमाडौ । कृष्णबहादुरले बहिनी भन्ने एक महिलाले उनको ह त्या प्रेम सम्बन्ध र अ’श्लि’ल तस्बिर नभएर पैसा नै भएको दावी गरेकी छन् । उनले एक भिडियोमा कृष्णबहादुरलाई एक वर्ष यता चिनेको र कृष्णबहादुरले कल्पनालाई ५० लाख रुपैया दिएको बताएको जानकारी दिएकी छन् । कृष्णबहादुरले कल्पनालाई श्रीमती नै भनेर चिनाउने पनि गरेका थिए । आफु बिदेशमै हुँदा कल्पनाको नाममा पैसा पठाएको यि महिलाको भनाई छ ।

उनले आफुले कल्पनालाई माया गरेको र श्रीमतीकै दर्जा दिएका कारण पैसा पठाइदिएको कृष्णले आफुलाई बताएको उनले बताइन् । उनले आफुलाई एक वर्ष अघि भेट्दा पनि कृष्णबहादुर निकै त ना वमा हुने गरेको बताएकी छन् । उनले आफुलाई कामसंगै मिलेर गर्ने र आफुले गरेको कामका बारेमा पनि छलफल गर्ने भनेर भनिरहेका थिए ।

उनले सुरुमा इमोमा कुराकानी भएको र दाजु बहिनीको जस्तो सम्बन्ध भएको बताएकी छन् । उनले कृष्णबहादुरसंग विजनेश संगै मिलेर गर्ने भन्ने विषयमा छलफल भएको बताएकी छन् । उनले एउटा कम्पनी दर्ता गराएर काम गर्ने भन्ने विषयमा छलफल भएको बताएकी छन् । उनले इमोमा निकै निराशावादी कुराहरु राख्ने गरेका थिए । त्यसैले उनले तपाईलाई केही समस्या भयो भने मलाई शेयर गर्नु भनेर भन्दा कृष्णबहादुरले म समय आएपछि बताउँछु म निकै ठूलो समस्यामा छु भनेका थिए ।

 

तर यि महिलाले उनलाई एक दिन भेटेर सबैकुरा सोधिन् त्यतीबेला कृष्णले आफ्नो ५० लाख एक जना महिलाले खा इदिएको र अहिले पैसा फिर्ता नदिएको बताएका थिए । त्यती बेला उनले त्यो महिला सामाखुसीमा बस्ने र शाही थर भएको बताएका थिए । उनले भनेका थिए, कहिले त्यो महिलाले आफ्नो नाम कहिले के कहिले के भन्छ, तिमीले सक्छौ भने सहयोग गर । केही समय अघि मात्र कृष्णबहादुरले मलाई निकै त ना व भयो अब म देह त्याग गर्छु भनेर इमोमा भने । त्यसपछि उनले फेरी सम्झाइन् । मैले तपाईले त्यस्तो गर्नुभयो भने म पनि गर्छु समस्या सबैलाई हुन्छ यसरी हरेस खानु हुदैन भनेर सम्झाए उनले भनिन् ।

पछिल्लो केही समय अघि मात्र उनले हात्तीगौडाको क्याफेमा बोलाएर उनले फेरी किन देह त्यागको बिचार आयो ? के समस्या हो ? भनेर आफुले सोधेको बताइन् । त्यती बेला कृष्णले आफुले एक जना महिलालाई निकै मन पराउने बताएका थिए । उनले त्यती बेला भने कल्पनाको नाम पनि लिएको बताइन् । उनले कल्पना मुडवारीलाई मन पराउने गरेको बताए । उनले आफुलाई त्यो महिलासंग सामाजिक सञ्जालमा सम्पर्क बनाइदिनु भनेपछि उनले इमोमा कल्पनाको बारेमा जानकारी पठाएको बताइन् । उनले कल्पना मुडवारी हो उसको घर चितवन हो भनेर जानकारी गराएका थिए ।

उनले आफुले एक दिनमै २५ हजार सम्म कमाउने भए पनि पारिवारिक रुपमा आफु निकै समस्यामा भएको बताएका थिए । उनले आफ्नो श्रीमतीले वास्ता नगर्ने गरेका कारण एउटा आफुलाई निकै माया गर्ने युवतीको खोजीमा रहेको पनि उनले यि महिलालाई बताएका थिए । उनले आफु बाहिर देश हुँदा कल्पनालाई माया गर्ने भएकाले ५० लाख रुपैया पठाइदिएको बताएका थिए । उनले कल्पनासंग श्रीमान श्रीमतीकै जस्तो सम्बन्ध भएका कारण कल्पना चितवनवाट आएको बताएका थिए । त्यती बेला कृष्णबहादुरले मेरो श्रीमती आएको छ मलाइ फोन नगर्नु भनेर इमोमा ब्लक गरिदिएको बताइन् ।

यो पनि : गोङ्गबु घटना : छोरा कृष्णको पहिलो पटक आमाले खबर सुन्दा

घटना परिवारले थाहा पाएपछि अहिले रुँदै मिडियामा आएका छन् । आमा केही अघिसम्म घरमा एक्लै बस्दै आएकी छन् भन्ने खबर पाएको जानकारी दिए। कृष्णबहादुरका दुई पत्नी छन् भन्ने पनि उनले बताए। भारत बस्ने क्रममा ६-७ वर्षअघि उनले दोस्रो बिहे गरेको शान्तराजको भनाइ छ। कृष्णबहादुरकी एक जना दिदी पनि छिन्। इलाका प्रहरी कार्यालय होलेरीले कृष्णबहादुरकी दिदी कमला र भिनाजु भक्तबहादुर घर्तीलाई डाकेर उनका बारेमा सोधपुछ गरिरहेको छ।

भक्तबहादुरसँग हामीले पनि कुरा गर्यौं। उनले कृष्णबहादुरकी जेठी श्रीमतीको मा’नसिक सन्तुलन ठिक नभएको र कान्छी श्रीमती ‘ओम् शान्ति’ मा लागेर भारत बस्ने गरेको जानकारी दिए। ‘कान्छीबाट ८ वर्षजतिको एउटा छोरा छ,’ घर्तीले भने, ‘जेठीबाट जन्मेको छोरा पनि भारतमै बस्छ भन्ने सुनिन्छ।’

काकाको छोरा र भिनाजुसँगको कुराकानीबाट हामीले के थाहा पायौं भने, कृष्णबहादुर रोजगारका लागि विदेश गएका रहेछन्। उनी अफगानिस्तान, इराक लगायत देश पुगे। केही समय भारतमा पनि बसे। ‘दाङ, काठमाडौं र भारत आवतजावत गरिरहन्थे भन्ने सुनेको थिएँ,’ शान्तराजले भने, ‘पछिल्लो समय के काम गर्थ्यो भनेर हामी अनभिज्ञ थियौं।’

भक्तबहादुरले पनि पछिल्लो समय उनी के काम गर्थे थाहा नभएको बताए। ‘गत वर्ष तिहारदेखि मैले भेटेको थिइनँ। त्यसअघि पनि कहिले के गर्छु भन्थे कहिले के भन्थे,’ उनले भने, ‘उनी के काम गर्दै थिए भन्ने नै हामीलाई थाहा थिएन।’ इलाका प्रहरी कार्यालय होलेरीका निरीक्षक मेघनाथ चापागाइँले कृष्णबहादुरका भिनाजु र दिदीसँग घटनाबारे सोधपुछ गरेको बताए। ‘उहाँहरूले गत वर्ष तिहारदेखि भाइलाई नभेटेको बताउनुभएको छ,’ चापागाइँले भने, ‘अरू कुरा बुझ्न बाँकी नै छ।’

प्रतिकृया दिनुहोस्