Friday, April 23

कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ बेपत्ता, कान्तिपुरले नै खोजी गरिदिन प्रहरीलाई गर्यो आग्रह

August 12, 2020 134

काठमाडौं, साउन २८ । पत्रकार बलराम बानियाँ तीन दिनदेखि सम्पर्क विहिन भएका छन्। नेपालका चर्चित पत्रिकाहरु कान्तिपुर दैनिक, नागरिक दैनिक लगायतका पत्रिकामा लामो समय पत्रकारिता गरेका बरिष्ठ पत्रकार बलराम बानियाँ ३ दिनदेखि बेपत्ता भउका छन् ।
तनुहँ स्थायी घर भएका बानिया लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेर काम गर्दै आएका थिए ।

आज कान्तिपुर दैनिकले नै उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेपछि प्रहरीले उनको खोजीकार्य अगाडी बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए । स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेपछि उनी बेपत्ता भएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस्