Friday, April 23

बोतल टिप्दै, भिग माग्दै हुर्केका बलरामको जादुमय स्वर। होटलमा भाडा माझ्दै गायक बन्ने सपना (भिडियो हेर्नुस)

August 12, 2020 128

८ बर्षको उमेरदेखि सडकमा बोतल र प्लाष्टिक टिप्दै दुख भोगेका कैलालीका बलराम परियारको कथा सुन्दा सबैको आँखा रसाउँछ । बलरामको सानैमा बुवा बिते र आमाले अर्कै बिहे गरिन् । घर छोडेर साथीहरुसँग सानैमा काठमाडौंमा आएका बलराम यतिबेला काठमाडौंकै एक होटेलमा काम गर्दछन् । निकै मिठो स्वर भएका उनी गीतार बोक्दै भाडा माझ्छन्, सेकुवा पोल्छन् अनि होटेलका सबै काम गर्दछन् । जीवनमा उनको ठुलो सपना छ, सबैले चिन्ने गायक बन्ने र आमालाई खुशी दिने ।

बलरामलाई भेट्न शिशिर भण्डारी पुग्दा उनले निकै सुमधुर गीतहरु सुनाए । आफ्नो हालसम्मको जीवन कथा सुनाए , एकदमै दर्दनाक कथा सुन्दा मन आत्तियो । कस्ता थिए, उनको सडक जवनका दिनहरु, के उनले अब गीत निकाल्न सबैको साथ र सहयोग पाउँलान् ? भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्