Sunday, August 1

ठोरीमा हेर्नुस् भारतीय प्रहरीको दादागिरी, स्थानियले यसरी गरे प्र’तिकार (भिडियो हेर्नुस्)

July 19, 2020 261

काठमाडौं । पर्साको ठोरीमा भारतीय एसएसवीले नेपाली भूमी मि’चेर संरचना निर्माण गर्न लागेपछि स्थानिय बासीन्दो प्र’तिकार गरेका छन् । हतियार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय एसएसवीलाई स्थानियले प्र’तिकार गरेका हुन् । ठोरीको सिमाना नजिक नेपाली भूमीमा भारतीय एसएसवीले टहरो निर्माण गर्न लागेपछि स्थानियले विरोध जनाएका थिए । सो क्रममा झ’ड’पको अवस्था समेत भएको छ । भारतीयले नेपाली भूमीमै आएर छाप्रो बनाउन लागेपछि पुगेका स्थानियले विरोध गरेका थिए ।

अवस्था विग्रन लागेपछि स्थानिय तहका जनप्रतिनिध र शसस्त्र प्रहरीको टोली समेत पुगेको थियो । जनप्रतिनिधिले स्थानियबासीन्दालाई आ’क्रो’शित नहुन भन्दै सम्झाएका थिए । स्थानिय जनप्रतिनिधिहरुले आवेशमा नआउन भन्दै नेपालीलाई सम्झाइरहेको भिडियोमा देख्न सकिन्छ ।

यो अर्को समाचार, काठमाडौं । पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडमा शनिवार साँझ उखेलेर फालेको नेपाल भारत सीमास्तम्भ पुनः यथास्थानमा लगाइएको छ । दिउसो १२ वजे सम्म यथास्थानमा रहको सिमा पिलर साँझ भने फालिएको अवस्थामा फेला परेको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, ठोरी गाँउपालिकाका जनप्रतिनिधीलगाएत भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे सीमास्तम्भ पुन यथास्थानमा लगाइएको हो । ४३६ नम्बरको पिल्लर भारतीय क्षेत्रमा अलपत्र अवस्थामा फेला परेको थियो । सिमास्तम्भ रहेको भन्दा ५ मिटर भारत तर्फको जमिनमा अलपत्र परेको सिमा स्तम्भलाई यथास्थानमा लगाइएको प्रहरीले जनाएको छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएका अभिव्यक्ति दिए एकाएक सो क्षेत्र चर्चामा आएको छ । स्थानियले खुसी हुँदा संरक्षणमा जुटेका छन् भने राम सिताको मन्दिर रहेका स्थानमा पुजा सुरु गरेका छन् । प्रधानमन्त्रीले त्यसो भनेपछि भारतमा भने विरोध भएको छ । प्रधानमन्त्रीकै अभिब्यक्तिका कारण भगवान रामको जन्मस्थानलाई आफ्नो जमिनमा पर्ने देखाउन भारतीय सुरक्षाकर्मीले सिमा स्तम्भ उखलेको हुनसस्ने स्थानियले जनाएका छन् । यस्तै, ठोरीवासीले भने त्यहाँ उत्खनन हुनुपर्ने जनाउँदै धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिकृया दिनुहोस्