Thursday, May 13

भारतमा एकै दिन थपिए ६७ हजार संक्रमित, मृतक संख्या ४७ हजारबाट उकालो लाग्यो

August 13, 2020 189

काठमाडौं । भारतमा कोरोनाको महामारी अझै बढ्दो गतिमा अघि बढीरहेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भयाभह रोकिने कुनै छाटकाँट नदेखिएका बेला आजमात्रै ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको वल्डोमिर्टसले जनाएको छ ।

भारतमा संक्रमित संख्या २३ लाख ९५ हजार ४७१ पुग्दा कोरोनाबाट अहिलेसम्म ४७ हजार १३८ जनाले ज्यान गुमाएका छन् । संक्रमित २३ लाख ९५ हजार ४७१ मध्ये अहिलेसम्म १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ५२ हजार ४७३ जनाको उपचार भइरहेको बताइएको छ ।

भारतमा कोरोना महामारी बढीरहेका बेला नेपालमा पनि खुला सीमानाका कारण यसको त्रास बढ्दो छ । नेपालमा पछिल्ला दिनमा दिनमा संक्रमित र मृतकको संख्या बढीरहेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्