Friday, July 30

बलिउड लोकप्रिय नायिका करिना कपुर फेरी आमा बन्दै, सैफले यसरी बाँडे खुशी

August 13, 2020 1091

एजेन्सी । बलिउड लोकप्रिय नायिका करिना कपुर फेरी आमा बन्दैछिन् । छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा नयाँ सदस्यको आगमन हुन लागेको आन परिवारले नै जनाएको छ ।

सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) पछि सैफले कान्छी पत्नि करिनासँग विबाह गरेपछि फेरी बाबु बन्न लागेको जानकारी दिँदै भनेका छन् ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं ।

हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’ सामाजिक संजालमा करिना आमा बन्न लागेको भन्ने हल्ला केही समय अघिदेखि नै चलेका बेला करिना र सैफलै बुधबार आधिकारिक जानकारी दिएका हुन् ।

जेठी छोरी साराको जन्मदिनको अवसरमा बुधबार सैफले करिना दोस्रो पटक गर्भवती भएको रहस्य सार्वजनिक गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्