Wednesday, June 23

पत्रकार बानियाँको मृत्युपछि यस्यो शोक विज्ञप्ति जारी गर्यो नेजाले

August 13, 2020 193

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल अमेरिका पत्रकार संघ ९नेजा० गहिरो समवेशदना ब्यक्त गरेको छ । नेजाले बिहिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ दुस्खको यस घडीमा नेजा शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना ब्यक्त गरेको छ ।

नेजाका महासचवि किरण मरहठ्ठाद्धारा जारी गरिएको विज्ञप्तिमा बानियाँले पत्रकारिता मार्फत लोकतन्त्र, मानवअधिकार, सूचनाको अधिकार, स्वतन्त्रता र विधिको शासनका लागि भूमिका निभाएको उल्लेख छ ।

बानियाले कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित हुने कान्तिपुर दैनिकमा सहायक सम्पादकको जिम्मेवारीमा रहनुभएका बानियाँले नेपाली पत्रकारिताको क्षेत्रमा ३ दशक बढी सक्रिय योगदान दिएका छन् ।

त्यस्तै नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्