Friday, April 23

सिन्धुपाल्चोकको भोटेकोशीका बाढीपहिरो पीडितलाई चीनको सहयोग

August 13, 2020 108

सिन्धुपाल्चोक, २९साउन- सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो ।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरा पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँको विशेष पहलमा सो सामग्री दिन लागिएको हो ।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ । यी खाद्य सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ । न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ ।(रासस)

प्रतिकृया दिनुहोस्