Wednesday, April 21

संक्रमणको उच्च जोखिममा परेपछि वीरेन्द्रनगर नगरपालिका एक साता बन्द हुने

August 13, 2020 191

सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर नगरपालिका एक साता बन्द हुने भएको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने भएका हुन् ।

कोरोना संक्रमणको जोखिम बढेपछि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले यस्तो निर्णय लिएको हो । वीरेन्द्रनगरमा बुधवार बिहान थप १९ जनामा संक्रमण देखियो । ती १९ मध्ये ५ जना संक्रमित भने कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका रहेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस्