साउन ४, २०७७ चितवन : चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका-९ कुसुमखोलास्थित चेपाङका दुई घरमा आगो लगाइदिएको छ। निकुञ्ज क्षेत्र अतिक्रमण दुई घर टहरामा आगजनी गरेको छ। चार-पाँच वटा हात्तीमा सवार निकुञ्जका कर्मचारीले चेपाङ परिवारका दुई टहरामा आगो लगाएर नष्ट गरेको वडाध्यक्ष शिवहरि सुवेदीले बताएका छन्। उनका अनुसार अन्य घर पनि निकुञ्जले हटाएको छ। दुईवटा घरमा आगो नै लगाइएको हो। आगजनीबाट चेपाङ परिवारका नागरिकतासहितका कागजपत्र र अन्नपात पनि जलेर नष्ट भएको सुवेदीले बताए। मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलास्थित त्यस बस्तीमा २०४८ सालदेखि डेढ सयभन्दा धेरै घरपरिवार बसिरहेका थिए। त्यहाँ हाल ११ घर परिवार मात्रै बस्दै आएका थिए। सुकुम्बासी बस्ती व्यवस्थापन तयारी भइरहेका बेला निकुञ्ज प्रशासनले आगजनी गरेकोमा वडाध्यक्ष सुवेदीले आपत्ति जनाएका छन्। उनले वर्षाको बेलामा ओत लाग्ने घरमै आगो लगाउनु दु:खद भएको बताए।
July 20, 2020 145
प्रतिकृया दिनुहोस्