Sunday, August 1

देशभर कोरोना महामारी बढेका बेला आजबाट ७७ वटै जिल्लामा सवारी पास बन्द

August 14, 2020 310

काठमाडौँ । देशभर कोरोना संक्रमणको दर ह्वात्तै बढेसँगै सरकारले सुरक्षा ब्यबस्था कडा पार्ने भएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरु सवारी पास वितरण बन्द गर्न निर्देशन दिँदै थप कडाई गर्न भनेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आजदेखि नै लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

यसैबिच बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । उपमहानगरको आज बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेसँगै थप कडाइ हुने भएको हो ।

यसअघि लकडाउन खुलेसँगै भिडभाड बढेको, मानिसहरुले निर्धक्क आवतजावत गर्दै सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यका अनुसार अब । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिनेछ ।

प्रतिकृया दिनुहोस्