Tuesday, June 22

आफ्नै जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै युवाहरू

August 14, 2020 78

अर्घाखाँची ।अर्घाखाँची जिल्लामा पछिल्लो समय युवाहरू पाखुरी खियाएर स्वरोजगार बन्दै गरेको देख्न सकिन्छ । युवा मनग्ये आम्दानी गर्न तिर जुटेका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका (११ रामपथमा चार जनाको संयुक्त लगानी बाट कृषि तथा फार्म संचालनमा ल्याएका छन । जिल्लाका धेरै युवाहरु गाउँमै जुटेदै आम्दानी गर्न यतिबेला लागिपरेका हुन । युवाहरूले जानेको सीप मेहनत ले आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणका रूपमा प्रस्तुत भएर जिल्लामा उनि अगाडि बढिरहेका छन् ।आर्थिक समृद्धिका लागि उत्पादन ले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ।

रामपथ कृषि तथा पशु फर्म संचालक गिरिराज खनाल , लिला बराल , राम भुसाल, खिमा खनाल को संयुक्त लगानी बाट जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै आएका छन्। चालिस लाख ले बीस रोपनी जग्गामा उत्पादन संग आफु लाई जोड्ने प्रयास गरेका हुन । उनको फार्ममा यतिबेला बोइलर कुखुरा २५०० , माछा १४००० , बुङ्गुर २ वटा ,रागा ६ वटा, गाइ ३ वटा र बाख्रा पाठा १० वटा लाई व्यवस्थापन का साथ देख्न सकिन्छ । यति मात्र होइन उनले साग सब्जी फुल गोबी टमाटर पनि उत्पादन गरेका छन । अझै १५ सय लोकल कुखुरा राख्ने योजना रहेको बताएका हुन । कम्तीमा दस जना लाई रोजगारी दिने लक्ष्य रहेको बताएका छन ।

गिरिराज खनाल साउदी अरबमा १५ वर्षको अनुभव लाई नेपाल मै लगाउनु आफु भाग्यमानी खुसी भएको बताए । परिश्रमले सुनै फलाउन सकिन्छ देशमा हामीलाई प्रकृतिले दिएको के छैन लाखौं हैन करोडौ कमाउन सकिने खनाल बताउछन् ।
जिन्दगीमा साथी भाइ संग को मेहनत ले खुसिको फुल फुलाई दिने विस्वास लिएको लिला बराल बताउछन् । बराल ले बेरोजगार युवाहरूलाई ूम मेरो परिश्रमले बाच्न सक्छुू भन्न सक्नु पर्ने अवस्था रहेको बताएका थिए ।
जुन दिन शिक्षाले युवाहरू पश्चिमी मुलुक खोज्न छाड्छ ,जुन दिन परिश्रमले खाडी मुलुक रोज्न छाड्छ त्यस दिन बाट आफैं सम्वृद्धि आउने बरालले बताए ।

उता सन्धिखर्क साथी होटलका संचालक राजेन्द्र जी सी पनि उत्पादन संग आफै लाई जोड्दै कृषि फार्म तिर व्यस्त छन । उनको फार्ममा लटरम्म टमाटर, फुल गोबि फलेको देख्न सकिन्छ । जी सी भन्छन ू विदेशमा बसेर होइन पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।”

प्रतिकृया दिनुहोस्