Tuesday, March 2

बेनी–जोमसोम सडक १२ दिनदेखि अवरुद्ध

July 20, 2020 138

साउन ५, २०७७ म्याग्दी : गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सडक सम्पर्कबाट विच्छेद भएको छ। गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण दानको काभ्रेभीर, घोप्टे भीर, गुइँठे भीरलगायत ठाउँहरुमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो। सडक खुलाउन नेपाली सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहे पनि सञ्चालनमा ल्याउन नसकेको मुस्ताङबाट ओभरसियर सचिन पौडेलले बताए। लगातारको बर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–वनावटका कारणे माथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।

प्रतिकृया दिनुहोस्