Wednesday, April 21

प्रचण्डको गन्तव्य भनेको प्रधानमन्त्री बन्नुसम्म मात्रै हो, उँहासंग देश बनाउने भिजन छैन : मुमाराम खनाल (भिडिओसहित)

August 15, 2020 110

काठमाडौं । लामो समय सम्म बोलचाल बन्द गरेका नेकपाका दुई अध्यक्षबीच लगायतार दुई दिन वार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहिवार र शुक्रवार भएको वार्ताले ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णयमा पुगेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा कार्यदल बनाइएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । पार्टी विवाद हल गर्ने गरी कार्यदल बनेको सदस्य शर्माले बताए ।

स‌ंवाद टुटेको ९ दिनपछि बिहीबार ओली र दाहालबीच लामो समय बार्ता भएको हो । वार्तामा सकारात्मक छलफल नेताहरुले बताएका छन् । सोही दिन कार्यदल बनाउन सहमत भएका उनीहरुले शुक्रबार भएको छलफलमा कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति जुटाएका हुन् ।

कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । पहिलो अध्यक्ष ओली नै रहने तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गर्ने तयारी छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउनेछ । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्नेछ ।

कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने ओली र दाहालको तयारी छ । दुई अध्यक्षबीचको संवादअघि महासचिव पौडेल, स्थायी कमिटी सदस्य पोखरेल र शर्माले सहमतिका लागि गृहकार्य गर्न शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।

यसै क्रममा राजनीतिक विश्लेषक मुमाराम खनालले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको गन्तव्य प्रधानमन्त्री बन्नुसम्म मात्रै भएको टिप्पणी गरेका छन् । र, दाहालसँग देश बनाउने भीजन नभएको पनि उनको दाबी छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, उहाँसँग यो मुलुक बनाउने भीजन भएको भए त ? उहाँ शक्तिशाली प्रधानमन्त्री बन्नुभएकै हो । अहिलेका नेताहरुको प्रयोजन भनेको पूरानो सत्ता भत्काउनेसम्म हो । उहाँहरुले देश बनाउन सक्नुहुन्न । प्रस्तुत छ खनालसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :

 

प्रतिकृया दिनुहोस्