Thursday, May 13

गोङ्गबु काण्ड : ऋणमा थिइन् कल्पना, बोहरासँग लेनदेन देखिएन

August 15, 2020 173

काठमाडौँ । गोङ्गबुको नवज्योति मार्गस्थित किरण बस्नेतको घरमा कल्पना पौडेल (मुडभरी) डेरा लिएर बस्न थालेको चार वर्ष पुग्यो । आफन्त, परिवारलाई साक्षी राखेर सिउँदो रङ्ग्याउने मिनबहादुर मुडभरीसँग उनको साइनो टुटेको पनि ठ्याक्कै चार वर्ष पुग्यो ।

कल्पनाको जीवनमा अर्को संयोग छ, दाङका कृष्णबहादुर बोहरासँग उनको ‘दोस्ती’ बढेको पनि चार वर्ष भयो । भिजिट भिसामा दुबई र त्यसपछि अफगानिस्तानमा गएर पसिना बेचेका कृष्णबहादुर र काठमाडौँमा बस्ने कल्पना सामाजिक सञ्जाल (फेसबुक) मार्फत जोडिए । चार वर्षअघिको त्यो दोस्तीको कथा ‘ह त्या’ मा पुगेर दुःखद अन्त्य भएको छ ।

शनिवार साँझ (२४ साउन) मा आफ्नो डेरामा आएका कृष्णबहादुरलाई कल्पनाले ह-त्या गरिन् । आइतबार बोहराको शव सु’टकेशमा, टा’उको र गो’डा जे’ब्रा झो’लामा भेटियो ।

ह-त्या आरोपमा पक्राउ परेकी कल्पनाको आर्थिक हैसियत कमजोर रहेको पाइएको छ । दुई छोरी र एक छोराको आमा कल्पनाले गत वर्ष जेठी छोरीको बिहेदान गरिन् । छोरीको विहेमा उनले २ लाख रुपैयाँ घरधनी किरण बस्नेतको आमासँग सापटी लिएकी थिइन् । सो पैसा फिर्ता गर्न कल्पनाले चितवनमा माईतीलाई जग्गा बेच्न आग्रह गर्दै आएको उनको बुवाले बताएका छन् । नवज्योती मार्गमा ‘झापाली दाई’ भनेर चिनिने किरण बस्नेत अमेरिका बस्थे । काठमाडौँमा उनकी आमा मात्रै बस्छिन् । किरणको आमाले साह्रो–गाह्रो पर्दा कल्पनाकै साथ लिने गर्थिन् ।

एक वर्षदेखि उनले आफ्नो डेरा (दूई कोठा, एक किचन)को भाडा तिरेकी थिइनन् । ‘आर्थिक अवस्था कमजोर देखिन्छ’ गोङ्गबु ह त्या अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘नियमित आम्दानीको स्रोत देखिँदैन् ।’

कल्पना र मिनबहादुरले कानुनीरुपमा सम्बन्ध बिच्छेद गरेका छैनन् । कान्छी छोरी गोङ्गबुको मानसिंह स्कूलमा कक्षा १० मा पढ्दै थिइन् । छोरा १३ वर्षका छन् ।

ह-तियार चलाउन सिपालु

कृष्णबहादुरको घाँ’टी र गो’डा कल्पनाले एक्लै कसरी का’टिन् भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । ‘कुखुरा ल्याएर उनले का-ट्ने, तयार पार्ने गरेको छिमेकीले हामीलाई बताए,’ महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले भने–‘का-ट्ने ह-तियार दाउ चलाउने कुशल शैली ह’त्या आरोपीमा देखियो ।’

कल्पनाको स्थायी पेशा थिएन । नवज्योती मार्गमा बस्ने छिमेकीलाई उनले भन्थिन्–‘म टेलिफिल्म खेल्छु ।’ ऋणमा चलेपनि उनको जीवनशैली भने राम्रै थियो । राम्रो लगाउँथिन, मिठो खान्थिन् । म’दिरा पनि पि’उँथिन् । उनले डि’प्रेशनको औ’षधी पनि खाने गरेको प्रहरी बताउँछ । श्रोत रातो पाटि

 

प्रतिकृया दिनुहोस्