Tuesday, May 11

नेपालमा कोरोनाबाट ८० जना पुरुष र २२ जना महिलाले ज्यान गुमाए

August 15, 2020 298

काठमाडौं, साउन ३१ । नेपालमा कोरोना संक्रमणबाट ८० जना पुरुष र २२ जना महिलाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै ज्यानग गुमाउनेको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा शनिबार १ सय २४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २ सय ४० जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७२२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कारोना संक्रमित चिकित्सकलाई दुब्र्यबहार गरेमा कारवाही हुने चेतावनी दिएका छन ।

चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले घरमा नै गएर दुब्र्यबहार गरेपछि उनको नाम नलिई मनलयले यस्तो चेतावनी दिएको हो ।

प्रतिकृया दिनुहोस्