Sunday, August 1

गण्डकीमा १ हजार ७ सय ९ जनामा कोरोना संक्रमण, आज थपिनेहरु सबै पोखराका

August 16, 2020 403

काठमाडौं । पोखरामा आज एकाीबहानै थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरका थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार महानगरका २ वटा वडाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयले बिहान ५ नं। वडाकी ३३ वर्षीया महिला तथा वडा नं। १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा कोरोना भाइरस पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख छ । आज पुष्टि भएका ५ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।

त्यस्तै चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमका अनुसार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाबाट आएको पछिल्लो रिर्पोटमा चितवनका २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबिच पर्सामा थप ४७ जनामा कोरोना भाइरसका बिरामी फेला परेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहले जानकारी दिए ।

पर्सामा पछिल्लो पटक संक्रमित हुनेमा २ जना बाराका र अन्य पर्साकोनारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी समेत रहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अन्य संक्रमितमा एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगी रहेका छन् ।

त्यस्तै वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिका १ जना पुरुष तथा बाराको महागढीमाई र कलैयाका एकरएक जना रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्