Friday, July 30

बिहानै आयो खुशीको खबर, मिर्गौला रोगी सहित २९ जनाले कोरोनालाई जितेर खुशी हुँदै घर फर्के

August 16, 2020 475

वीरगञ्ज -मिर्गौला रोगी सहित वीरगञ्जमा २९ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जनाले कोरोना जितेका हुन् ।संक्रमणमुक्त हुनेमा ५ जना महिला रहेका छन् । पोखरिया र वीरगञ्ज श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले पनि कोराना जितेका छन् ।

उनीहरुको तीन पटकसम्म डायलायसिस गरिएको थियो ।संक्रमणमुक्त हुनेहरुमा पर्साका २५ जना तथा दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै वीरगञ्ज–११ श्रीपुर बस्ने ५६ वर्षीय अजय कुमार चौरसिया, वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष ५६ वर्षीय जगत साह कानु, झापा विर्तामोड घर भई वीरगञ्ज कारागार कार्यालय प्रमुख श्रवण कुमार पोखरेल लगायतले पनि कोरोना जितेका छन् । त्यस्तै पोखरीया–७ का ३५ वर्षीय पुरुष, वीरगञ्ज–२ का ३२ वर्षीय, वीरगञ्ज–१३ राधेमाईका २४ वर्षीया महिलाले कोरोना जितेका छन् ।

वीरगञ्ज–१० का ४८ वर्षीय पुरुष, वीरगञ्ज–१४ पिप्रा चिनी मिलका ८ वर्षीया बालिका, वीरगञ्ज– १० घडिअर्वाका ३५ वर्षीया महिला, वीरगञ्ज– १० पानीट्यांकीका ४७ वर्षीया महिला, वीरगञ्ज–४ विर्ताका ४० वर्षीय पुरुष, वीरगञ्ज–१३ का ५५ र ४५ वर्षीय पुरुष, पर्सा भिखमपुरका ३६ वर्षीय पुरुष, वीरगञ्ज–१४ का २४, ३, ४४ र २९ वर्षीय पुरुष, तथा नेपालगञ्ज घर भएका ३५ वर्षीय पुरुष, धादिङ ज्वालामुखी–४ घर भएका ३३ वर्षीय पुरुष, दैलेखका ३३ वर्षीय पुरुषले पनि कोरोनालाई जितेर घर फर्कन सफल भएका छन् ।

 

प्रतिकृया दिनुहोस्