Saturday, July 31

डोनल्ड ट्रम्पका भाइको दुखद निधन

August 16, 2020 525

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको उपचारका क्रममा ज्यान गएको छ । रोबर्टको न्यूयोर्क सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको बीबीसीले जनाएको छ ।

भाईको निधनपछि ट्रम्पले एक सन्देश जारी गर्दै भनेका छन् ‘मेरो भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर निकै दुःखी म छु ।

ट्रम्पले विज्ञप्तिमा अगाडी भनेका छन् उनी मेरा भाइमात्रै थिएनन्, मेरा मिल्ने साथी थिए, उनलाई म असाध्यै मिस गर्नेछु तर हाम्रो पछि पुनः भेट हुनेछ । उनको स्मरण मेरो मुटुमा सदाका लागि रहिरहनेछ ।

रोबर्ट म तिमीलाई माया गर्छु ।’ रोबर्टको मृत्युको कारण भने खुलाइएको छैन । भाइको अन्तिम संस्कारमा ट्रम्प सहभागी हुने अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्