Tuesday, May 11

बिवाह गरेको ३ महिनामै श्रीमतीको सिन्दुर पुछियो, शव देख्दा आमा सडकमै ढ’लिन ! (भिडियो)

August 16, 2020 890

काठमाडौ । बुहारी भित्र्याएको तीन महिना नहुँदै आफ्नो छोरालाई गु’माउनु परेपछि नुवाकोटका लक्ष्मण तामाङकी आमाले मन थाम्न सकिनन् । लक्ष्मणको श्रीमती र उनको पूर्व प्रेमिकाको ग्या’ग फा’इटमा अनाहकमा निधन भयो । उनलाई छु’री प्र’हार गरी ज्यान लिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । लक्ष्मणको श्रीमती सोनु श्रेष्ठले आफ्नै आँखा अगाडी श्रीमानको ज्या’न लि’एको बताइन् ।

उनीहरु अघिल्लो दिन मात्र नयाँ कोठामा सरेका थिए । परिवारमा खुसी थियो । मासु ल्याएर मिठो खाना पकाएका थिए । खान लागेकै थिए त्यतीबेला लक्ष्मणको बारेमा खबर आयो । खान लागेको खाना छोडेर हिडेका उनीहरुले दुई दिन देखि केही खाएका छैनन् । छोराको श’व देखेर आमा बे’होस भएर बाटोमै ढ’लिन् । उनले छोरा नभएपछि अब म पनि रहन्न भन्दै आमा भक्कानिएपछि संगै रहेका अर्का छोरा पनि मन थाम्न सक्दैनन् । सडकमै शो’काकुल हुन्छ । आमाले अब म पनि बाँच्दिन भन्नुहुन्छ अब म के गर्ने ? अर्का छोराले भन्छन् । आमा म’र्यो भने हामी के गर्ने ? छोराले निकै लाचारीका साथ भन्छन् । दृष्य हेर्दा नै निकै मार्मीक देखिन्छ ।

 

लक्ष्मणको ज्या’न लिने प्रेमीकाका समुहका आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले श्रीमती र पूर्वप्रेमिकाबीचको वि’वादका कारण उनको ज्या’न गएको खुलेको हो । लक्ष्मणलाई उनको पूर्व प्रेमिकाको समुहले ज्या’न लि’एको हो । लक्ष्मणले तीन महिना अघि मात्र सोनाुसंग विवाह गरेका थिए । सोनुसंग विवाह हुनुअघि उनको अर्की युवतीसंग प्रेम थियो । तर उनीसंगको प्रेम छुटेपछि लक्ष्मणले सोनुलाई विवाह गरेका हुन् ।

पूर्व प्रेमिकाले केही बेर भेट्न आउ कुरा गर्नुछ भनेर बोलाएपछि उनी गएका थिए । उनी काठमाडौको मनमैजु स्थित मितेरी पुलमा पुगेका थिए । त्यहाँ उनको पूर्व प्रेमिका गु’ण्डा लिएर आएकी रहिछन् । श्रीमती सहित गएका लक्ष्मणलाई श्रीमतीकै अगाडी ह त्या गरेका हुन् ।

सोनुले श्रीमान लक्ष्मण, भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाइ शंकरलाई बोलाइन् । यता लक्ष्मणको प्रेमका पुष्पाले भने आङदोर्जे, रबिन तामाङ, दिनेश तामाङलगायतलाई बोलाइन् । दुवै पक्षबीच भि’ड’न्त भयो । आङदोर्जे समुहको आ’क्रम’णमा परी लक्ष्मणका दाइ शंकरको आँखामा चो’ट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते भएकी छन् छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् । आङदोर्जेले तामाङलाई छातीको बाँया भागमा छु”’रा प्र’हा’र गरी ज्यान लिएको खुलेको छ।

शुक्रबार राति मितेरी पुल नजिक दुई समुहबीच झ’’ड’प हुँदा २४ वर्षीय तामाङको निधन भएको हो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।शुक्रवार राति करिब साढे ८ बजेतिर घटना भएको हो । घाइते लक्ष्मणको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा निधन भएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्वप्रेमिका पन्तसहित तीन जनालाई पक्राउ गरेको छ । भिडियो तल हेर्नुहोस

 

गरिबले निःशुल्क पाउने मिटरबक्समा असुलिएको पैसा फिर्ता दिन उजुरी

गरिब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब तथा विपन्न ११५ परिवारका लागि उपलब्ध भएको मिटरबक्स वितरणका क्रममा रकम असुल गरिएको भन्दै ४१ घर उपभोक्ताले वडा कार्यालयमा संयुक्त उजुरी दिएका हुन् ।

विद्युतीकरणको काम भइरहेको खार्मीमा २९ घर स्थानीय बासिन्दाले पोल ढुवानीका क्रममा समेत उपभोक्ता समितिलाई एक÷एक हजार पैसा तिरेको भन्दै वडा कार्यालयमा रकम फिर्ताका लागि निवेदन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब घरपरिवारका लागि निःशुल्क उपलब्ध भएको मिटरबक्समा रु ७५० देखि रु दुई हजारसम्म रकम असुलेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यसमिति खार्मीका अध्यक्ष हर्कराज राईले बताउनुभयो ।

निःशुल्क पाउने मिटरबक्समा रकम असुलेको आवाज नेकपा वडा समितिले उठाएपछि साउन २८ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको द्विपक्षीय छलफल भएको थियो । छलफलमा पक्ष र विपक्षबीच कुरा बाझिएपछि पीडितले वडा कार्यालयमा निवेदन दिने र वडा कार्यालयमार्फत रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरिएअनुसार उनीहरुले शुक्रबार वडा कार्यालयमा निवेदन दिएका हुन् ।

पीडित भनिएका घरधुरीबाट संयुक्तरूपमा निवेदन आएकाले पुनः व्यक्तिगतरूपमा छुट्टाछुट्टै निवेदन दिन आग्रह गरिएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । “उहाँहरुले एउटै निवेदनमा सही गराएर ल्याउनुभएको रहेछ । नागरिकता र लालपुर्जाको फोटोकपीसहित पीडितलाई निवेदन ल्याउन भनिएको छ”, उहाँले भन्नुभयो, “निवेदनमा मिटरबक्स र पोल ढुवानीका क्रममा उठाएको पैसा फिर्ता दिन माग गरिएको छ । लालपुर्जाको आधारमा विपन्न हो वा होइन छुट्याएर कारवाही अघि बढाउँछौँ ।”

गरिब घरपरिवारलाई निःशुल्क दिनुपर्ने मिटरबक्स सःशुल्क वितरण गरिएको भन्दै नेकपा वडा समिति खार्मीले साउन २६ गते जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो । प्राधिकरणबाट गरिब तथा विपन्नको नाममा गाउँ लगिएको मिटरबक्स सम्पन्न परिवारलाई पनि विपन्नको सिफारिस दिएर सःशुल्क वितरण गरेको नेकपाको दाबी छ ।

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार खार्मीमा विसं २०७६ मा ७३ घरधुरी र २०७७ मा ४२ घरधुरीका लागि निःशुल्क मिटरबक्स लगिएको छ तर उपभोक्ता समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ र महेन्द्र राईले प्रतिघर रु ७५०, रु एक हजार, रु एक हजार २०० र रु दुई हजारसम्म असुल गरेको ज्ञापनपत्रमा भनिएको छ ।

विद्युत् विस्तार समितिले गरिब घरपरिवारबाट शुल्क लिएको प्रमाणसहित कारवाहीको माग गर्दा पनि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले चासो नदिएको नेकपा वडा समितिले आरोप लगाएको छ । प्राधिकरणका अनुसार मिटरबक्स लिन विपन्नलाई सेवा शुल्कवापत रु ५५ मात्र लाग्ने व्यवस्था छ । आरोपित उपभोक्ता समितिका अध्यक्ष राईले भने मिटरबक्सवापत रकम नलिएको जिकिर गर्दै आउनुभएको छ । खार्मीमा वितरण गरिएको मिटरबक्सको विवादलाई राजनीतिक ‘इस्यू’समेत बनाइएको टिप्पणी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्